२०८३, १५ बैशाख बुधबार

काभ्रे र सिन्धुपाल्चोकका स्थानीय तहका सूचना अधिकारीसँग अन्तर्क्रिया

काभ्रे र सिन्धुपाल्चोकका स्थानीय तहका सूचना अधिकारीसँग अन्तर्क्रिया


धुलिखेल, १ भदौँः सामुदायिक सारथीले काभ्रे र सिन्धुपाल्चोक जिल्लामा रहेको स्थानीय तहका सूचना अधिकारीहरुलाई अनुशिक्षण दिएको छ । बिहीबार भर्चुअल विधि मार्फत सूचना अधिकारीहरुलाई सूचनाको हक सम्बन्धि एक दिने अनुशिक्षण दिएको हो ।

बर्तमान अवस्थामा नेपाल सरकारको संघीय संरचनाका आधारमा रहेर तहगत सरकार तथा विषयगत रुपमा रहने र उपलब्ध गराउनु पर्ने विषय बस्तुमा भर्चुअल अन्तरक्रिया केन्द्रित रहेको थियो । कार्यक्रमको सहजिकरण पत्रकार महासंघ पुर्व केन्द्रिय अध्यक्ष तारानाथ दाहाल र सूचना अधिकार सम्बन्धि अभियान कर्मि सन्तोष सिग्देलले गर्नुभएको थियो । कार्यक्रममा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, बाह्रबिसे नगरपालिका र जुगल गाउपालिकाका सूचना अधिकारी छलफल कार्यक्रममा सहभागि हुनुभएको थियो । त्यस्तै काभ्रेको रोशी गाउँपालिका बाहेक १२ वटा स्थानिय तहका सूचना अधिकारी भर्चुअल बैठकमा सहभागि हुनुभएको थियो ।

छलफलमा सूचना माग्ने क्रममा आवश्यक्ता भन्दा अनावश्यक रुपमा सूचना माग्ने प्रवृत्ति मौलाईरहेको सूचना अधिकारीहरुले बताएका थिए । प्रविधि र संसारको नजिक रहँदा प्रविधि मैत्री रुपमा सरल र सहज रुपमा नियमित वेभसाईट, फेसबुक पेज, पत्रपत्रिका सहित प्रविधि मैत्री स्थानीय तह गराउन पहल गरिरहेपनि थुप्रै चुनौतीहरु रहेको सहभागिहरुले बताएका थिए ।

सञ्चार गृहमार्फत नियमित नागरीकको लागी सुचना उपलब्ध गराईरहदा पनि नियमिति सुचनाको विषयमा नागरीकहरुले अनावश्यक रुपमा दुख तथा हैरानी दिन समेत सुचना माग्ने प्रचलन रहेको समेत चुनौति सामना गर्नु पर्ने देखियो । विषयगत कार्यालयको सूचना पुर्ण नआउदा पनि सुचना अधिकारी सुचना दिने क्रममा आरोप झल्नु परेको समेत उनीहरुले बताएका थिए । यसै क्रममा पछिल्लो समयमा कार्यालयले तोकेको सूचना अधिकारी तथा सूचना प्रविधि अधिकारीको जिम्मेवार हो भनेर कतिपय स्थानीय तहमा अन्यौल रहेको पाइएको छ ।

नितिगत व्यवस्था अनुसार मुख्य सूचना अधिकारीको रुपमा स्थानीय तहको प्रमुख प्रसासकिय अधिकृत, सूचना अधिकारी रहेकोमा उपयुक्त समन्वय सहित सूचनाको हकबाट नागरिकलाई सकेसम्म बञ्चित गराउन नहुने प्रावधान रहेको पत्रकार महासंघ पुर्व केन्द्रिय अध्यक्ष तारानाथ दाहालले बताउनुभयो । तर पछिल्लो निर्वाचित जनप्रतिनिधि आएपछि पालिका प्रमुख वा प्रमुख प्रसासकिय अधिकृतको मुख्य जिम्मेवार हो भनेर समेत कानुनी व्यवस्था नभएको कारण समेत सुचनाको हक सम्बन्धि व्यवस्थामा सुधार गर्नु पर्ने देखिएको सूचना अधिकार सम्बन्धि अभियान कर्मि सन्तोष सिग्देलले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, १ आश्विन बिहीबार  ४ : ५० बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले