२०८३, ७ कार्तिक शनिबार

धुलिखेलको वडा नम्बर ९, काभ्रेभञ्ज्याङ कोरोना भाइरसको ‘हट स्पोट’

धुलिखेलको वडा नम्बर ९, काभ्रेभञ्ज्याङ कोरोना भाइरसको ‘हट स्पोट’


धुलिखेल, ३० भदौँः धुलिखेल नगरपालिकाको वडा नम्बर ९ को काभ्रेभञ्ज्याङ क्षेत्र कोरोना भाइरसको ‘हट स्पोट’ बनेको छ । एकैपटक ठूलो संख्यामा कोरोना संक्रमण देखिएपछि नगरपालिकाले समुदाय स्तरमा ब्यापक स्वाब संकलन गरेको थियो ।

काभ्रेभञ्ज्याङमा नगरपालिकाले आइतबार १ सय जनाको स्वाब संकलन गरेको थियो । जसमा आज प्राप्त रिपोर्ट अनुसार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले जानकारी दिनुभयो । उहाँका अनुसार आज थपिएकामा ७ जना पुरुष र ६ जना महिला रहेका छन् ।

आज थपिएको सहित वडा नम्बर ९ मा मात्रै कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । जसमा २७ जना महिला र १८ जना पुरुष रहेको स्वास्थ्य शाखा प्रमुख केसीले बताउनुभयो । धुलिखेल नगरपालिकामा रहेका १२ वटा वडामध्ये २ नम्बर र १२ नम्बरमा हालसम्म एक जनामा पनि कोरोना भाइरसको सक्रमण देखिएको छैन । वडा नम्बर ७ मा १८ जनामा कोरोना संक्रमण देखिएको छ ।

धुलिखेल नगरपालिकाले हालसम्म १ हजार १४४ जनाको स्वाब संकलन गरेको छ । त्यसमा १ हजार १३० को परीक्षण भइसकेको बताइएको छ । धुलिखेलमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । ५३ जना महिला र ४४ जना पुरुष गरी जम्मा ९७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

यसअघि बनेपा नगरपालिकाको वडा नम्बर १३ प्रभावित बनेको थियो । उक्त वडामा १ सय जनाभन्दा बढीमा संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २०७७, ३० भाद्र मंगलबार  २ : ३५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना