धुलिखेल, १७ भदौँः काभ्रेको पाँचखाल नगरपालिका अत्यावश्यक बाहेकका सेवा थप एक साता बन्द गर्ने निर्णय गरेको छ । आज बसेको बैठकले भदौँ २२ गतेसम्म सेवा बन्द गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरसको संक्रमण रोकथामका लागि यस्तो निर्णय गरिएको नगरपालिकाले बताएको छ । यसअघि आजसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको थियो ।








प्रतिक्रिया