२०८३, ६ कार्तिक शुक्रबार

भोलीदेखि धुलिखेल नगरपालिकाको अत्यावश्यक बाहेक सबै सेवा बन्द

भोलीदेखि धुलिखेल नगरपालिकाको अत्यावश्यक बाहेक सबै सेवा बन्द


धुलिखेल, २९ साउनः धुलिखेल नगरपालिका भोलीदेखि आफ्नो सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले एक विज्ञप्ति मार्फत भोलीदेखि भदौ ५ गतेसम्म अत्यावश्यक बाहेकका सबै नगरपालिकाबाट प्रदान गरिने सबै सेवाहरु बन्द हुने जानकारी गराउनुभएको हो ।

नगरपालिकाले यो अवधिमा कुनै किसिमको बैठक, गोष्ठि, भेला लगायतका कार्यमा रोक लगाएको छ । यस्तै धार्मिक स्थलहरुमा हुने दैनिक नित्य पूजा बाहेकका सबै किसिमका गतिविधि गर्न रोक लगाइएको नगरप्रमुख ब्याञ्जुले बताउनुभयो । साथै नगरपालिकाले चाडपर्व घरमै मनाउन र भौतिक दुरी कायम राखेर स्वास्थ्यका मापदण्ड पुर्णरुपमा पालना गर्न भनेको छ ।

नगरपालिकाले धुलिखेल अस्पतालका स्वास्थ्यकर्मी र अस्पताल नजिकै रहेको होटल सञ्चालकमा कोरोना संक्रमण देखिएपछि सेवा बन्द गर्ने निर्णय गरेको हो । दुई जनामा संक्रमण देखिएपछि अस्पताल वरिपरि २ सय मिटर क्षेत्रलाई कन्ट्याक ट्रेसिङको अवधिभर शिल गरिएको छ । यो अविधमा त्यस क्षेत्रमा होटल ब्यवसाय, पसल बन्द गर्न र अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन नगरपालिकाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७७, २९ श्रावण बिहीबार  ६ : ४३ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा