२०८३, ११ बैशाख शनिबार

भोलीदेखि धुलिखेल नगरपालिकाको अत्यावश्यक बाहेक सबै सेवा बन्द

भोलीदेखि धुलिखेल नगरपालिकाको अत्यावश्यक बाहेक सबै सेवा बन्द


धुलिखेल, २९ साउनः धुलिखेल नगरपालिका भोलीदेखि आफ्नो सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले एक विज्ञप्ति मार्फत भोलीदेखि भदौ ५ गतेसम्म अत्यावश्यक बाहेकका सबै नगरपालिकाबाट प्रदान गरिने सबै सेवाहरु बन्द हुने जानकारी गराउनुभएको हो ।

नगरपालिकाले यो अवधिमा कुनै किसिमको बैठक, गोष्ठि, भेला लगायतका कार्यमा रोक लगाएको छ । यस्तै धार्मिक स्थलहरुमा हुने दैनिक नित्य पूजा बाहेकका सबै किसिमका गतिविधि गर्न रोक लगाइएको नगरप्रमुख ब्याञ्जुले बताउनुभयो । साथै नगरपालिकाले चाडपर्व घरमै मनाउन र भौतिक दुरी कायम राखेर स्वास्थ्यका मापदण्ड पुर्णरुपमा पालना गर्न भनेको छ ।

नगरपालिकाले धुलिखेल अस्पतालका स्वास्थ्यकर्मी र अस्पताल नजिकै रहेको होटल सञ्चालकमा कोरोना संक्रमण देखिएपछि सेवा बन्द गर्ने निर्णय गरेको हो । दुई जनामा संक्रमण देखिएपछि अस्पताल वरिपरि २ सय मिटर क्षेत्रलाई कन्ट्याक ट्रेसिङको अवधिभर शिल गरिएको छ । यो अविधमा त्यस क्षेत्रमा होटल ब्यवसाय, पसल बन्द गर्न र अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन नगरपालिकाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७७, २९ श्रावण बिहीबार  ६ : ४३ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले