२०८३, ६ कार्तिक शुक्रबार

पूर्वमन्त्री बाँस्कोटाको गृहमन्त्रीलाई प्रश्न ‘साँगामा किन जात्रा देखाइरहेको ?’

पूर्वमन्त्री बाँस्कोटाको गृहमन्त्रीलाई प्रश्न ‘साँगामा किन जात्रा देखाइरहेको ?’


धुलिखेल, ११ साउनः पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले साँगामा यात्रुहरुले दुःख पाइरहेको भन्दै तत्काल निर्वाध रुपमा आवात जावातको ब्यवस्था मिलाउन गृह मन्त्रालयलाई आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत साँगामा गृहमन्त्रालयले किन जात्रा देखाइरहेको भन्दै प्रश्न गरेका छन् ।

उनले बिना कारण यात्रुलाई एक किलो मिटरसम्म हिड्न बाध्य पारेको भन्दै आक्रोश पोखेका छन् । उनले लेखेका छन् ‘बच्चा केटाकेटी, बुढाबुढी एउटा बसबाट झार्ने, एक किलोमिटर हिडाउने फेरी अर्को बस चढाउने ? न चेकजाँच न अरु ? बेकारको सास्ती के उद्देश्यले यात्रुलाई दुःख दिएको ? तत्काल हटाउ ।’

लकडाउन पूर्ण रुपले खुलिसक्दा पनि काभ्रे र भक्तपुरको सिमानामा यात्रुले अनावश्यक दुःख पाइरहेका छन् । भक्तपुरको गाडीले नलिञ्चोकसम्म मात्रै ल्याइदिने गरेको छ । काभ्रेको गाडी साँगा नाकासम्म मात्रै जाने गरेको छ । यो बीचको दूरीमा यात्रुहरु पैदल नै हिड्न बाध्य छन् । साँगा पूर्व मन्त्री बाँस्कोटा निर्वाचित क्षेत्र समेत हो ।

साँगामा भक्तपुरतर्फ सशस्त्र प्रहरी र काभ्रेतर्फ नेपाल प्रहरीको टोली तैनाथ गरिएको छ । उनीहरुले यात्रुको भन्दा पनि सवारीको चेकजाँच गर्ने गरेका छन् । यात्रुहरुले राजधानीसँग सबैभन्दा नजिकको जिल्ला काभ्रे अन्तर्गत चल्ने सवारी साधनलाई राजधानी प्रवेश गर्न दिन माग गरेका छन् ।

प्रकाशित मिति : २०७७, ११ श्रावण आईतबार  १ : ०२ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा