२०८३, २३ आश्विन शनिबार

तेमालमा पूर्व एमालेका हिरा काँग्रेस प्रवेश

तेमालमा पूर्व एमालेका हिरा काँग्रेस प्रवेश


धुलिखेल, ६ साउनः बीपी स्मृती दिवसको अवसर पारेर काभ्रे काँग्रेसले पूर्व एमालेका कार्यकर्ता आफ्नो पार्टीमा भित्र्याएको छ । काँग्रेसले मंगलबार तेमाल गाउँपालिका वडा नम्वर ८ का हिरा लामा घिसिङ सहितकाे उनकाे समूहलाई आफ्नो पार्टीमा प्रवेश गराएको हो ।

हिरा सहित ७ जनाको समूहलाई कांग्रेस सभापति शेर बहादुर देउवाले सदस्यता लिएका हुन्। हिरा सहितको पूर्व एमाले कार्यकर्तालाई काँग्रेसमा प्रवेश गराउने कार्यक्रमको साक्षी बस्न संविधान सभा सदस्य तीर्थ लामा, केन्द्रिय सदस्य शिव प्रसाद हुमागाँई, तेमाल गाउँपालिकाका प्रमुख सलाम सिं तामाङ, नेताहरु रमेश प्रसाद हुमागाँई, दिनेश लामा, तेमाल गाउँपालिकाका उपाध्यक्ष दुर्गामाया तामाङ, तेमाल गाउँपालिकाका प्रवक्ता ज्ञान बहादुर लामा लगायतका नेताहरु काठमाण्डौ पुगेका थिए ।

हिरा २०५४ को स्थानीय निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट साविक मेच्छे गाउँ विकास समिति वडा नम्वर ६ को वडा अध्यक्षमा निर्वाचित हुन् । तेमाल गाउँपालिकामा पूर्व एमालेभित्र आन्तरिक विवाद चरम बन्दै गएपछि हिरा काँग्रेसमा प्रवेश गरेकाे बुझिएकाे छ । काँग्रेसमा हिराको प्रवेशलाई तेमालमा निकै महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति : २०७७, ६ श्रावण मंगलबार  ९ : १६ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य