२०८३, १२ आश्विन मंगलबार

मण्डनदेउपुरको क्वारेन्टाइन सहयोगीमा कोरोना संक्रमण पुष्टि

मण्डनदेउपुरको क्वारेन्टाइन सहयोगीमा कोरोना संक्रमण पुष्टि


धुलिखेल, ६ साउनः मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर ७ कालिदेवी प्राथमिक विद्यालयको क्वारेन्टाइन ब्यवस्थापनमा खटिएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । मण्डनदेउपुर नगरपालिकाका क्वारेन्टाइन ब्यवस्थापक दिपक कुमार घिमिरेले स्वाब परीक्षणमा शंका लागेर थप परीक्षणका लागि धुलिखेल अस्पताल पठाइएको दाबी गरे पनि जिल्ला कमाण्ड पोष्टले भने संक्रमण भएको पुष्टि गरेको हो ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले दैनिक उपलब्ध गराउने विवरणमा मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर ७ घर भएका २९ बर्षीय पुरुषमा संक्रमण पुष्टि उल्लेख गरिएको छ । क्वारेन्टाइन ब्यवस्थापक घिमिरेले भने रिपोर्टमा शंका भएपछि थप परीक्षणका लागि धुलिखेल अस्पताल पठाएको भन्दै संक्रमण नै भन्न नमिल्ने बताउनुभएको थियो ।

संक्रमित ती पुरुषसँगै काम गर्ने अन्य ब्यक्तिमा समेत कोरोना संक्रमण नभएको बताइएको छ । उनी क्वारेन्टाइन भित्रै बस्ने ब्यक्ति भएकाले समुदायसम्म कोरोना फैलियो की भन्ने चिन्ता नलिन घिमिरेले आग्रह गर्नुभयो । तर स्थानीयहरुले भने ती संक्रमित पुरुष चिया पसल देखि मेला पातमा समेत सहभागि भएको भन्दै उनीसँग सम्पर्कमा आएका सबैको पीसीआर गर्न माग गरेका छन् ।

प्रकाशित मिति : २०७७, ६ श्रावण मंगलबार  ८ : ११ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय