२०८३, ८ कार्तिक आईतबार

मण्डनदेउपुरको क्वारेन्टाइन सहयोगीमा कोरोना संक्रमण पुष्टि

मण्डनदेउपुरको क्वारेन्टाइन सहयोगीमा कोरोना संक्रमण पुष्टि


धुलिखेल, ६ साउनः मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर ७ कालिदेवी प्राथमिक विद्यालयको क्वारेन्टाइन ब्यवस्थापनमा खटिएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । मण्डनदेउपुर नगरपालिकाका क्वारेन्टाइन ब्यवस्थापक दिपक कुमार घिमिरेले स्वाब परीक्षणमा शंका लागेर थप परीक्षणका लागि धुलिखेल अस्पताल पठाइएको दाबी गरे पनि जिल्ला कमाण्ड पोष्टले भने संक्रमण भएको पुष्टि गरेको हो ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले दैनिक उपलब्ध गराउने विवरणमा मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर ७ घर भएका २९ बर्षीय पुरुषमा संक्रमण पुष्टि उल्लेख गरिएको छ । क्वारेन्टाइन ब्यवस्थापक घिमिरेले भने रिपोर्टमा शंका भएपछि थप परीक्षणका लागि धुलिखेल अस्पताल पठाएको भन्दै संक्रमण नै भन्न नमिल्ने बताउनुभएको थियो ।

संक्रमित ती पुरुषसँगै काम गर्ने अन्य ब्यक्तिमा समेत कोरोना संक्रमण नभएको बताइएको छ । उनी क्वारेन्टाइन भित्रै बस्ने ब्यक्ति भएकाले समुदायसम्म कोरोना फैलियो की भन्ने चिन्ता नलिन घिमिरेले आग्रह गर्नुभयो । तर स्थानीयहरुले भने ती संक्रमित पुरुष चिया पसल देखि मेला पातमा समेत सहभागि भएको भन्दै उनीसँग सम्पर्कमा आएका सबैको पीसीआर गर्न माग गरेका छन् ।

प्रकाशित मिति : २०७७, ६ श्रावण मंगलबार  ८ : ११ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना