२०८३, ९ आश्विन शनिबार

प्रधानमन्त्री ओलीले दावी गरेको पर्साको ठोरीमा राम र सीताका प्राचीन अवशेष अझै सुरक्षित

प्रधानमन्त्री ओलीले दावी गरेको पर्साको ठोरीमा राम र सीताका प्राचीन अवशेष अझै सुरक्षित


बीरगञ्ज, १ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि अयोध्या पर्सा जिल्लाको ठोरीमा पर्छ, भनेर अभिव्यक्ति दिएसँगै नेपाल र भारत दुवै देशमा खैलाबैला मच्चिएको छ ।

प्रधानमन्त्री ओलीले सीतालाई भारतीय राजकुमारलाई नभई नेपालकै अयोध्याका राजकुमार रामलाई दिइएको हो, भन्ने अभिव्यक्ति दिएसँगै यतिबेला नयाँ विवाद मात्र सुरु भएको छैन, यसले राम भूमि अयोध्याको बिषयमा समेत थप अनुसन्धान हुनुपर्ने कुरालाई अघि सारेको छ ।

यसैबीचमा पर्साको ठोरी गाउँपालिका–५ स्थित ठोरी भन्सार टोलदेखि पश्चिम दक्षिणतर्फ रहेको सुमेरु पर्वतमा सीताको गुफा तथा केही प्राचीन अवशेषहरु भेटिएका छन् ।

ठोरी भन्सार टोल नजिकैबाट बगेको ठुटे खोलासँगै जोडिएको ठूल्ठूला चट्टानसहितको सुमेरु पर्वतको बीच भागमा सीताको प्राचीन गुफा भेटिएको हो । गुफासँगै सीताले त्यहाँ तपस्या गर्ने क्रममा विताएका दिनहरुको बखत रहेका कुण्ड, प्राचीन घडा, प्राचीन शिवलिंग लगायतका अवशेषहरु भेटिएका हुन् ।

माता सीता जनकपुरबाट पर्साको ठोरीमा आएर त्यही गुफामा रही तपस्या गर्ने गरेकी र सोही क्रममा पूजा गर्नका लागि ढुँगाको ठूलो चट्टानमा आफैले बनाएकी शिवलिंगको अवशेष भेटिएको हो ।

उक्त शिवलिंगको बीचको भाग फुटेर हराइसकेको अवस्थामा छ, भने त्यही नदी छेउमै सुमेरु पर्वतको तल्लो भागमा भगवान राम तथा सीताले पिउने गरेको पानीको कुण्डको अवशेष अहिलेसम्म सुरक्षित नै रहेको छ ।

यसो झट्ट हेर्दा सानो खाल्टो जस्तो देखिएपनि चट्टानै चट्टानले बनेको करिब १० फिट गहिरो र दुई मिटर गोलोका आकारको कुण्ड अहिले पनि त्यही छ । उक्त कुण्डमा कुनै पनि महिनामा पानी नसुक्ने गरेको स्थानीयहरुको भनाइ छ ।

उक्त कुण्डको साथमा खोला वरिपरि ठूल्ठूला चट्टानले बनेको विभिन्न भगवानको मुर्तिहरुको अवशेष पनि रहेको छ । उक्त अवशेषहरुबाट पनि भगवान रामको जन्मभूमि पर्साको ठोरी नै भएको त्यहाँका स्थानीयहरुको भनाइ छ ।

साभारः www.news24nepal.tv

प्रकाशित मिति : २०७७, १ श्रावण बिहीबार  ११ : १४ बजे

बुडोल साकोसको वित्तीय स्वास्थ्य परीक्षण, ऋणदेखि तरलता र पूँजीकोषसम्म नियामकको निगरानी

काभ्रे । बचत तथा ऋण सहकारीको वित्तीय कारोबारमाथि नियामकीय निगरानी

इरानको अमेरिकालाई कडा सर्त : सम्झौता कार्यान्वयन भए ७ दिनमै होर्मुज स्ट्रेट खुल्ने

काठमाडौं । इरानले अमेरिकासमक्ष नयाँ प्रस्ताव राख्दै आवश्यक सर्तहरू पूरा

संयुक्त राष्ट्रसंघको महासभा सकेर प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र

नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं । एसियन गेम्सअन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले आयोजक जापानसामु १५०

‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक

काठमाडौं । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा