२०८३, ११ श्रावण मंगलबार

६ कला साधकलाई संगीत तथा नाट्य राष्ट्रिय पुरस्कार

६ कला साधकलाई संगीत तथा नाट्य राष्ट्रिय पुरस्कार


काठमाडौं ३१ असारः नेपाली संगीत, रंगमञ्च, नाट्य तथा नृत्य क्षेत्रका ६ विशिष्ट साधकहरुलाई नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार समर्पण गरिएको छ । मंगलबार आयोजित कार्यक्रममा परम्परागत तथा शास्त्रीय संगीत विधातर्फ वरिष्ठ तवलावादक रामहरि गुरुङ,संगीत विधातर्फ वरिष्ठ संगीत संयोजक हस्तबहादुर थापा (पल्ली मगर) लाई पुरुस्कृत गरिएको हो ।

त्यस्तै नाट्य विधातर्फ पुरस्कृत हुनुहुनेमा वरिष्ठ नाट्यकर्मी प्रचण्ड मल्ल,लोक संगीत विधातर्फ वरिष्ठ लोक गायक कुमार बस्नेत, रंगमञ्च विधामा वरिष्ठ अभिनेता नीर शाह र नृत्य विधामा वरिष्ठ नृत्यांगना नारायणदेवी प्रधान छन् ।

सिंहदरबारस्थित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सभाहलमा नेपाल संगीत ता नाट्य प्रज्ञा प्रतिष्ठानद्धारा आयोजित समारोहकाबिच प्रतिष्ठानका संरक्षक,संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको वाहुलीबाट यि ६ कला साधकहरु जनही ताम्रपत्र, दोसल्ला र नगद १ लाख १ सहित पुरस्कृत भएका हुन् ।

समारोहलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले दशकौं लामो अनुभव संगालेका यि साधकहरुबाट नयाँ पुस्ताले निकै ज्ञान आर्जन गरेको बताए । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले यस्ता प्रतिभाहरुलाई पुरस्कृत गर्नु गर्वको विषय रहेको उनको भनाई छ । मन्त्री भट्टराईले भने–“नेपाली कला क्षेत्रबारे मन्त्रालय सकारात्मक छ,कला क्षेत्रको उन्नयन तथा कलाकारहरुले सम्मान अनुभुति गर्ने खालका कार्यक्रममा आवश्यक सहयोग रहनेछ ।”

प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ(रायन)ले नेपाली संगीत तथा नाट्य क्षेत्रमा आफ्नो जीवनको लामो सेवा र राष्ट्रको लागि महत्वपूर्ण योगदान दिएका व्यक्तित्वहरुलाई नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारले सम्मान गर्न पाएकोमा खुसी व्यक्त गरे ।

प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले यि व्यक्तिहरु पुरस्कृत हुदा प्रतिष्ठान स्वयम् पुरस्कृत भएको महसुस गरिएको बताए । उनले मुलुकको पहिचान ठूला ठूला महल,चिल्ला सडकभन्दा विभिन्न समुदायको कलाकौशल, भावना, व्यवहारको सिंगो रुप संस्कृति रहेको तर्क गरे । उनले भने–“यि चिजहरुको समुन्नतिबाटै राष्ट्र कति सुशिल र समृद्ध छ भन्ने बुझिन्छ ।”

सदस्य सचिव श्यामप्रकाश तमोटले २०७१ सालबाट ४ जनालाई पुरस्कृत गर्दै आएकोमा विधा थप गर्दै हाल पछिल्ला वर्षहरुमा ६ कला साधकहरुलाई पुरस्कृत गर्दैआएको जानकारी दिए ।

प्रकाशित मिति : २०७७, ३१ असार बुधबार  ८ : २९ बजे

व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा बीमा तथा धितोपत्रसम्बन्धी कसुरको मुद्दामा

सरकारका सहमति कागजमै सीमित, माइतीघरमा लघुवित्त पीडितको आमरण अनशन सुरु

काठमाडौं । सरकारसँग पटक–पटक वार्ता र सहमति भए पनि कार्यान्वयन

मेरा मित्र गोपालमान श्रेष्ठको निधनले स्तब्ध छु : देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ले

सरकारको लगानी ९ खर्ब ६५ अर्ब नाघ्यो

काठमाडौं । सरकारको कुल लगानी ९ खर्ब ६५ अर्ब ८०

नारायणी अस्पताल संकटमा : ४० चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि ठप्प

काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र त्यसपछि