२०८३, ७ कार्तिक शनिबार

पाँचखालका स्वास्थ्य कर्मीको थोरै सावधानीले गाउँ सुरक्षित

पाँचखालका स्वास्थ्य कर्मीको थोरै सावधानीले गाउँ सुरक्षित


धुलिखेल, २९ असारः यसअघि रिपोर्टमा भन्दा पनि सूचनामा भर पर्दा आलोचना र तनाब ब्यहोरेका पाँचखालका क्वारेन्टाइन ब्यवस्थापकहरुले यो पटक भने निकै विवेक पुर्याएको पाइएको छ । जसले गर्दा गाउँमा त्रास फौलिएको छैन । पहिलेको जस्तो हप्कि दप्की खेप्नु परेको छैन् ।

आज पोजेटिभ देखिएका २३ बर्षीय पुरुष असार ८ गतेदेखि पाँचखालको क्वारेन्टाइनमा बस्दै आएका थिए । नियम अनुसार उनको ८ दिन पछि गरिएको स्वाब परीक्षणमा कोरोना संक्रमण देखिएको थिएन् । तर उनीसँगै एउटै कोठामा बसेका ब्यक्तिमा भने कोरोना संक्रमण पुष्टि भयो । नियम अनुसार पीसीआर रिपोर्ट नेगेटिभ भएपछि घर पठाउन पाइन्छ । तर स्वास्थ्य संयोजक उज्जवल अधिकारी सहितको क्वारेन्टाइन ब्यवस्थापक टिमले उनलाई घर होइन छुट्टै कोठामा राखे ।

२४ गते पुनः ती पुरुषको स्वाब संकलन गरी धुलिखेल अस्पताल पठाइएको थियो । र आज सार्वजनिक रिपोर्ट अनुसार ती ब्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भयो । यदि नेगेटिभ रिपोर्ट आउने बित्तिकै ती पुरुषलाई घर पठाएको भए परिवार, गाउँटोल र समुदाय असुक्षित हुनपनि सक्थ्यो । स्वास्थ्य कर्मीहरुको थोरै विवेकले आज परिवार, गाउँटोल र समुदाय सुरक्षित बनेको छ ।

प्रकाशित मिति : २०७७, २९ असार सोमबार  ६ : ३९ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना