२०८३, १६ बैशाख बिहीबार

जम्बुकाे बाढीमा बेपत्ता अझै फेला परेनन्

जम्बुकाे बाढीमा बेपत्ता अझै फेला परेनन्


धुलिखेल, २८ असारः सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकामा अवरिल वर्षासँगै आएको बाढीले बगाएकाहरुको खोजी कार्य जारी रहेको छ । बाह्रबिसे नगरपालिका वडा नम्बर ५ को जम्बोमा आएको बाढीमा परि १७जना बेपता भएको बाह्रबिसे नगरपालिकाका उपप्रमुख शुसिला पाख्रीनले जानकारी दिनुभयो । उहाँकाअनुसार दुई जनाको मृत्यृ भएको छ भने दुई जना घाईते भएका छन् ।

बढीले सडक बाटो अबरुद्ध बनाएको छ । हिड्नको लागी समेत बाटो नभएकाले बिस्थापति परिवालाई राहत पुर्याउन तथा बेपत्ताहरुको खोजिकार्यमा समस्या भएको बताईएको छ । जम्बुमा ३७ घर र खागदलमा २१ घर बिस्थापित भएका छन् । जम्बु भन्दा परि ४५ घर, कसेरी बस्तीमा करिब ७० घर जोखिममा रहेको बताईएको छ ।

त्यस्तै भोटेकोशी किनारको करिब ५० घर जेखिममा रहेको जनाईएको छ । जम्बुका केही बिस्थापित सामुहिक रुपमा बस्दै आएका छन् भने कोही आफ्ना आफन्तको घरमा बस्दै आएका छन् । खागदलका बिस्थापित परिवार सामुहिक रुपमा बस्दै आएका छन् । बिस्थापित परिवारलाई खाद्यान्न र बस्ने ब्यबस्था मिलाईएको नगरपालिकाका उपप्रमुख शुसिला पाख्रिनले बताउनुभयो ।

उता भोटेकोशी गाउँपालिकाकामा आउको बाढीमा बिस्थापीत परिवारलाई सुरक्षित स्थानमा राखिएको उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाको वडा नम्बर ३ काबि स्थापित परिवारलाई सुख्खा बन्र्दगाहामा राखिएको छ । वडा १, २, ३ लगायत पाँचै वडामा पहिरो जाने सम्भावना भएको ठाँउका घरपरिवालाई सुरक्षित स्थानमा राखिएको छ ।

प्रकाशित मिति : २०७७, २८ असार आईतबार  ६ : २१ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले