२०८३, ७ कार्तिक शनिबार

पनौतीका किसानलाई कृषि सामग्री वितरण

पनौतीका किसानलाई कृषि सामग्री वितरण


धुलिखेल, २५ असारः काभ्रेको पनौती नगरपालिकाले नगरका किसानलाई कृषि सामाग्री वितरण गरेको छ । नगरको सबै वडाका किसानलाई प्लास्किक टनेल,ईलेक्ट्रीक स्प्रे, विषादी सुरक्षा सामाग्री अन्तर्गत मास्क, रेनकोट, पञ्जा,बुट लगायतका समाग्री बितरण गरिएको कृषि तथा पशुपंक्षी शाखाका प्रमुख मणि प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल सम्म वडा नम्बर १,२, ३, ६, ७, ८, ९ र १० मा बितरण गरिसकिएको छ । वडा नम्बर ४, ५, ११ र १२ मा पनि बितरणको लागि नगरपालिकाले तयारी गरिरहेको छ । कृषि तथा पशुपंक्षी शाखाले मकैमा लाग्ने अमेरीकन फौजी किरा नियन्त्रणका लागी १८ सय परिवारलाई विषादी बितरण गरिएको हो । करिब ६० लाख बराबरको कृषि समाग्री किसानलाई हस्तान्तरण गरिएको नरपालिकाले जनाएको छ ।

यसैबिच,नगरपालिकाले कागतीको बिरुवा किसानलाई बितरण गरेको छ । बाह्र ओटा वडा मध्ये दुई नम्बर वडा बाहेक अरु सबै वडाका किसानले बिरुवा माग गरेका थिए । नगरपालिकाले ग्राफ्टिङ गरिएको सुन कागती जातको २२ सय बिरुवा वितरण गरेको छ । सय जना किसानलाई सात लाख बराबरको बिरुवा बितरण गरिएको कृषि तथा पशुपंक्षी शाखाले जनाएको छ ।

प्रकाशित मिति : २०७७, २५ असार बिहीबार  ८ : ०१ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने