२०८३, ११ बैशाख शनिबार

काभ्रे प्रवेश गर्ने नाकामा थप कडाइ

काभ्रे प्रवेश गर्ने नाकामा थप कडाइ


धुलिखेल, २४ असारः काभ्रे प्रवेश गर्ने सबै नाकाहरुमा फेरी एक पटक कडाइ गरिने भएको छ । मंगलटार, दोलालघाट र साँगा नाकामा कडाइ गर्ने जिल्ला कमाण्ड पोष्ट काभ्रेले निर्णय गरेको हो । ती नाका भएर आवात जावात गर्ने सवारी साधनको चेकजाँचलाई कडाइ गर्ने र सवारी पास नभएका सवारी साधनलाई पूर्ण रोक लगाइने बताइएको छ ।

स्वास्थ्य निर्देशिका बमोजिम सवारी साधनमा यात्रा गर्ने यात्रुले मास्क नलगाएको र दुरी कायम नगरेको पाइए कार्बाहि गरिने कमाण्ड पोष्टले जनाएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले अर्को ब्यवस्था नहुदाँसम्म काभ्रेबाट अन्य जिल्ला जाने बस, मिनिबस, माइक्रोबस जस्ता सार्वजनिक यातायातका साधनलाई पास समेत नदिने उल्लेख गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले मंगलबार मात्रै बिभिन्न स्थानमा चेक जाँच गर्ने क्रममा नियम उल्लंघन गर्ने दर्जनौ सवारी साधनलाई कारबाही गरेको जनाएको छ । सवारी साधनहरुले प्रयोजन बिपरित मानिस ओसार पसार गरेको पाईएकोले त्यस्ता सवारी साधनबाट मानिसहरुलाई ओरालेर सम्झाई बुझाई गरी फिर्ता पठाएको र सवारी चालकलाई कानुन अनुसार कार्वाही गरी सवारी साधन समेत फिर्ता पठाईएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७, २४ असार बुधबार  ७ : १८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले