२०८३, १५ आश्विन शुक्रबार

ईको हिमालद्धारा मण्डनदेउपुरका किसानलाई अनुदानमा फलफूलका विरुवा

ईको हिमालद्धारा मण्डनदेउपुरका किसानलाई अनुदानमा फलफूलका विरुवा


धुलिखेल, २२ असारः मण्डनदेउपुरका किसानलाई ईको हिमाल नेपालले फलफूलका विरुवा बितरण गर्न सुरु गरेको छ । ५० देखी ९० प्रतिशत अनुदानमा सुन्तला, कागती, जुनार, आँप, कटहर, स्याउ, कागती, बदाम, अंगुर, आरु र अलुचा गरी ११ प्रकारका फलफूलको विरुवा बितरण गर्न सुरु गरिएको ईको हिमाल नेपालका कृषि प्राविधिक हरि कार्कीले जानकारी दिनुभयो ।

कार्कीका अनुसार ५० जना किसानले बिभिन्न जातका एघार सय ओटा बिरुवाहरु आज लगेका छन् । फलफूलका विरुवा वितरण कार्यक्रममा नगरपालिकाका प्रमुख टोक बहादुर वाईवा पनि सहभागी हुनु भएको थियो । कार्यक्रममा उहाँले फलफूल खेतीबाट आय आर्जनमा सुधार ल्याउन सकिने बताउनुभयो ।

करिब १५ सय ओटा फलफुलका विरुवा बितरण गर्ने योजना संस्थाले बनाएको छ । विरुवा रोप्ने ठाउँको छनोट, रोप्ने खाल्डो खन्ने देखि रोप्ने तरिका समेत किसानलाई प्राविधिकले सिकाएकाले किसानहरु ढुक्क रहेको इको हिमाल नेपालका कार्यकारी निर्देशक नारायण ढकालले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, २२ असार सोमबार  ८ : २७ बजे

मदन भण्डारी कप भलिबल : पुलिस, खैरा र सभापोखरी सेमिफाइनलमा

रुपन्देही । बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित

दुई दशकपछि ठूलो पर्दामा नारायण त्रिपाठी : ‘चमेलीको पोई’बाट पुरानै शैलीमा कमब्याक

काठमाडौं । चर्चित हास्य कलाकार नारायण त्रिपाठी करिब दुई दशकपछि

छोराछोरी विदेशिएपछि ज्येष्ठ नागरिक एक्लिए : छत्र प्रधान

नेपालमा करीब ३० लाख ज्येष्ठ नागरिक छन, कानुन कार्यान्वयन फितलो

कांग्रेसको वैधानिकतामा समस्या छैन्, असोज १८ गते खुलामञ्चमा बृहत उद्घाटन हुनेछ : कृष्ण दुलाल

१५ औं महाधिवेशनको तयारीमा कांग्रेस, करिब ८ हजार प्रतिनिधि सहभागी

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ वटा सवारीसाधनका