२०८३, ७ कार्तिक शनिबार

ईको हिमालद्धारा मण्डनदेउपुरका किसानलाई अनुदानमा फलफूलका विरुवा

ईको हिमालद्धारा मण्डनदेउपुरका किसानलाई अनुदानमा फलफूलका विरुवा


धुलिखेल, २२ असारः मण्डनदेउपुरका किसानलाई ईको हिमाल नेपालले फलफूलका विरुवा बितरण गर्न सुरु गरेको छ । ५० देखी ९० प्रतिशत अनुदानमा सुन्तला, कागती, जुनार, आँप, कटहर, स्याउ, कागती, बदाम, अंगुर, आरु र अलुचा गरी ११ प्रकारका फलफूलको विरुवा बितरण गर्न सुरु गरिएको ईको हिमाल नेपालका कृषि प्राविधिक हरि कार्कीले जानकारी दिनुभयो ।

कार्कीका अनुसार ५० जना किसानले बिभिन्न जातका एघार सय ओटा बिरुवाहरु आज लगेका छन् । फलफूलका विरुवा वितरण कार्यक्रममा नगरपालिकाका प्रमुख टोक बहादुर वाईवा पनि सहभागी हुनु भएको थियो । कार्यक्रममा उहाँले फलफूल खेतीबाट आय आर्जनमा सुधार ल्याउन सकिने बताउनुभयो ।

करिब १५ सय ओटा फलफुलका विरुवा बितरण गर्ने योजना संस्थाले बनाएको छ । विरुवा रोप्ने ठाउँको छनोट, रोप्ने खाल्डो खन्ने देखि रोप्ने तरिका समेत किसानलाई प्राविधिकले सिकाएकाले किसानहरु ढुक्क रहेको इको हिमाल नेपालका कार्यकारी निर्देशक नारायण ढकालले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, २२ असार सोमबार  ८ : २७ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने