२०८३, १७ जेष्ठ सोमबार

रोकिएन भुवन र साम्राज्ञीको जुहारी : भुवनले दिए कडा चेतावनी

रोकिएन भुवन र साम्राज्ञीको जुहारी : भुवनले दिए कडा चेतावनी


काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित दुई कलाकारको आन्तरिक द्वन्द्ध थप चर्किएको छ ।अभिनेता तथा निर्माता भुवन केसी र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मीबीचको एकसाता देखिको जुहारी सामाजिक संजालमा सेलाउन सकेकै छैन ।

अभिनेत्री साम्राज्ञीले चलचित्र ‘ड्रिम्स’ को सेटमा निर्माता तथा निर्देशक भुवन केसीले नराम्रो व्यवहार गरेको र जापान अवार्डमा दुर्व्यवहार गरेको आरोप लगाएपछि अभिनेता भुवन केसी उजुरी नै दर्ता गर्न बाध्य भएका छन् ।

केसीले चलचित्र कलाकार संघमा सत्यतथ्य छानविनको माग गर्दै निवेदन पेश गरेका छन् । उनले बिहीवार संघको कार्यालय पुगेर निवेदन दिएका हुन् । उनले संघमा निवेदन दिनुभन्दा अगाडि फेसबुकमा लामो स्टाटस लेख्दै आफूलाई ब्रेक दिने पितातुल्य व्यक्तिको बारेमा अनर्गल र झुटा कुरा नबोल्न साम्राज्ञीलाई चेतावनी दिएका छन् ।

केसीले लेखेको पत्रमा भए नभएको कुरालाई सामाजिक सञ्जालमा राखेर यूट्युबलगायत विभिन्न सञ्चारमाध्यममा आफ्नो चरित्रहत्या गर्ने दुस्साहस भएकोमा उनले संघसँग निष्पक्ष छानविनको माग गरेका छन् ।

स्टाटसमा भुवनले लेखेका छन–मेरो यो सुचनाको बावजूद तपाईंले यस्ता झुठा लाञ्छना लगाउने कार्यहरु गरे गराएमा तपाईं ऊपर प्रचलित साइबर कानुन र मानहानी सम्बन्धि कानुनको प्रयोग गरी मलाई पुग्न गएको मान सम्मानका हानी नोक्सनी उपर तपाईंबाट यथोचित क्षतिपूर्ती गराउने र तपाईंलाई कानुन बमोजिमको सजायको भागेदारी गराउनुको निमित्त आवश्यक कानूनी प्रकृयाको थालनी गर्ने ब्यहोरा तपाईंलाई बढो दुःखका साथ जानकारी गराउँदछु ।’

यता साम्राज्ञीले पनि कानुनी बाटो रोज्ने बताएकी छन् । तेस्रो भिडियो बिहीबार बेलुका इन्स्टाग्राममा पोस्ट गर्दै आफूमाथि शोषण भएको दाबी गरेकी छन् । उनले अब कानुन व्यवसायीसँग छलफल गरेर न्यायको लागि अपिल गर्ने पनि उनले बताएकी छन् ।

प्रकाशित मिति : २०७७, २१ असार आईतबार  ९ : ३२ बजे

नेपालले पनि सीमा मिचेको छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति भीमार्जुनको कडा आपत्ति

काठमाडौं । संविधानविद् भीमार्जुन आचार्य ले प्रधानमन्त्री बालेन शाहले संसदमा

भाजपा अध्यक्षको निमन्त्रणामा भारत जाँदै रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँचदिने

६ करोड ठगी आरोपकी टिकटकर तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ

काठमाडौं । ठगी तथा सम्पत्ति शुद्धीकरण मुद्दामा फरार रहेकी चर्चित

सशस्त्र प्रहरी बल नं. ४० रिजर्भ गणको रजत महोत्सव भव्य रूपमा सम्पन्न

बारा । सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गण,

गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलको विशेष सम्बोधन: “गणतन्त्र आचरण र सुशासनको पद्धति हो”

काठमाडौं । १९औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित