२०८३, २० आश्विन बुधबार

रोशीमा ८०, पनौतीमा ७५, धुलिखेलमा ७२ प्रतिशत योजना सकियो

रोशीमा ८०, पनौतीमा ७५, धुलिखेलमा ७२ प्रतिशत योजना सकियो


धुलिखेल, १७ असारः काभ्रे जिल्लाका स्थानीय तहहरुमा अहिले चालु आर्थिक वर्षका विकास निर्माणको काम अन्तिम अन्तिम चरणमा पुगेको छ । कोरोना महामारीका कारण लक्ष्य अनुसार सबै स्थानीय तहले निर्धारण गरेका काम भने सक्ने अवस्था देखिदैँन ।

रोशी गाउँपालिकामा चालु आर्थिक वर्ष २०७६÷७७ का लागि निर्धारण गरिएका मध्य ८० प्रतिशत योजना सम्पन्न भइसकेका छन् । २० प्रतिशत योजना भने सम्पन्न हुने प्रक्रियामा नै रहेको प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहालले जानकारी दिए ।

यसैगरी पनौती नगरपालिकाले ७५ प्रतिशत योजना सम्पन्न गरिसकेको छ । यसमा पुर्वाधारका कामहरु धेरै भएका छन् । चालु आर्थिक बर्षका लागि छुट्याइएको बजेट र योजना सतप्रतिशत सक्काउने योजना रहेको बरिष्ठ प्रशासकिय अधिकृत इन्द्र प्रसाद अधिकारिले बताए ।

धुलिखेल नगरपालिकामा ७२ प्रतिशत योजनाको भुक्तानी भैसकेकोे छ । पालिकाले ८५ प्रतिशत योजना सम्पन्न गर्ने लक्ष्य लिएको थियो । लक्षित वर्गका कार्यक्रम भने सीमित मात्रमा भएको पालिकाका प्रशासकिय अधिकृत तारानाथ लुइटेलले बताए । उनका अनुसार पुर्वाधारको काम भने उत्साहजन रुपमा सम्पन्न भएका छन् ।

प्रकाशित मिति : २०७७, १७ असार बुधबार  ८ : ०० बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको