२०८३, १० भाद्र बिहीबार

धुलिखेलमा स्वास्थ्य चौकीको गुणस्तरियता जाँच सुरु

धुलिखेलमा स्वास्थ्य चौकीको गुणस्तरियता जाँच सुरु


धुलिखेल, १६ असारः धुलिखेल नगरपालिकाले नगरपालिकाभित्रका स्वास्थ्य चौकीको गुणस्तर जाँच गर्न थालेको छ । नगरपालिकाको स्वास्थ्य शाखाले हिजो वडा नं ९ को काभ्रे स्वास्थ्य चौकीबाट गुणस्तरीय मापन गर्न सुरु गरेको होे । यो स्वास्थ्य चौकीले ८० नम्बर पाएको स्वास्थ्य संयोजक सन्दिप केसीले जानकारी दिए ।

मंगलबार वडा नं २ मा रहेको रविओपी स्वास्थ्य चौकीको गुणस्तर मापन गरिएको छ । यो स्वास्थ्य चौकीले ६७ अंक प्राप्त गरेको छ । प्रत्येक स्वास्थ्य चौकीको औषधी व्यवस्थापन, शुसान लगायतका ब्यवस्थापनको पक्षलाई ध्यान दिएर ३६० वटा सुचकमा नम्बर दिने गरिएको छ ।

जसमा ८५ देखी एक सय अंक प्राप्त गर्ने धेरै राम्रो स्वास्थ्य चौकी भित्र पर्छन । त्यस्तै ६० देखी ८४ सम्मलाई ठिकै, ५० देखी ५९ सम्मलाई सुधार गर्नुपर्ने र ५० भन्दा कम अंक ल्याउनेलाई कमजोर मानिन्छ । नगरपालिकाभित्र रहेका ६ वटै स्वास्थ्य चौकीको गुणस्तर मापन स्वास्थ्य संयोजक केसीले बताए ।

प्रकाशित मिति : २०७७, १६ असार मंगलबार  ६ : १६ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री