२०८३, ११ भाद्र शुक्रबार

कांग्रेस नेकपा कार्यकर्ताबीच झडपमा गोली चल्यो,१८ घाइते

कांग्रेस नेकपा कार्यकर्ताबीच झडपमा गोली चल्यो,१८ घाइते


सर्लाही, १५ असार । सर्लाहीमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रतिपक्षी नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा १८ जना घाइते भएका छन् ।

सर्लाहीको धनकौल गाउँपालिकामा गए राति भएको झडपमा दुर्वैतर्फका गरी १८ जना घाइते भएका छन् । घाइतेमध्ये केहीलाई गोली समते लागेको स्थानीयले जानकारी दिएका छन् ।

सर्लाहीको रामनगर गाउँपालिकामा एक साताअघि नेकपाका एक कार्यकर्ताको हत्याको घटनालाई लिएर नेकपाका युवा विद्यार्थीले आइतबार सर्लाहीका विभिन्न ठाउँमा जुलुस प्रदर्शन गरेका थिए ।

धनकौलमा भएको जुलुसकै क्रममा दुई पार्टीका कार्यकर्ताबीच विवाद हुँदा झडप भएको हो । घाइते हुनेमा १५ जना कांग्रेस र तीन जना नकेपाका कार्यकर्ता रहेका प्रहरीले जनाएको छ । घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको सर्लाहीका एसपी विश्वमणि पोखरेलले जानकारी दिएका छन् ।

तर, पक्राउ परेकाको नाम भने उनले खुलाएनन् । ‘अहिले स्थिति सामान्य छ, कुनै तनाव छैन,’ उनले भने । घटनामा गोली चलेको एसपी पोखरेलले पुष्टि गरेका छन् । ‘केहीलाई गोलीको छर्रा लागेको छ, तर गम्भीर घाइते कोही छैनन्,’ उनले भने, ‘कुन पक्षबाट गोली चलेको हो, खुलेको छैन । हामी अनुसन्धान गरिरहेका छौं ।’

नेकपा कार्यकर्ताले कांग्रेस कार्यकर्ताले गोली चलाएको आरोप लगाएका छन् । रामनगरका नेकपा कार्यकर्ता ६० वर्षीय रामजल रायको एक साताअघि हत्या भएको थियो । रायको हत्या कांग्रेस कार्यकर्ताले गरेको दाबी नेकपाको छ । तर, कांग्रेसले भने यो आरोप अस्वीकार गर्दै आएको छ ।

यादवको शव अझै सर्लाही जिल्ला अस्पतालमै छ । हत्यारालाई पक्राउ गरी कानुनी कारबाही गर्न नेकपाले माग गरेको छ । नेकपा सर्लाहीका जिल्लास्तरीय नेताले गृहमन्त्री रामबहादुर थापालाई भेटेर घटनाको विषयमा जानकारी समेत गराइसकेका छन् ।

प्रकाशित मिति : २०७७, १५ असार सोमबार  ८ : ४१ बजे

५० लाखमुनि लक्जरी ईभी ! स्काईवेलको मूल्य सुनेर नाडा अटो शोका दर्शक चकित

काठमाडौं । नाडा अटो शो २०२६ मा एउटा ईभीले आफ्नो

भेटिएका ४८९ शवमध्ये ३९३ अझै बेवारिसे, पहिचानको पर्खाइमा आफन्त

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीपछि

केरुङ पहिरो : जोखिमबीच चिनियाँ उद्धार टोली प्रभावित क्षेत्रमा, खोजी तीव्र

काठमाडौं । चीन–नेपाल सीमा क्षेत्रमा पर्ने केरुङमा गएको भीषण पहिरोपछि

बाढीपहिरो पीडितका लागि एमालेको २० लाख सहयोग, स्वयंसेवक पनि परिचालन

काठमाडौं । बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेकपा

गण्डकी सरकारको बाढीपीडितलाई ४ करोड सहयोग

काठमाडौं । गण्डकी प्रदेश सरकारले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार