२०८३, १५ आश्विन शुक्रबार

पनौती नगरपालिकामा बाली बीमा अभियान जारी

पनौती नगरपालिकामा बाली बीमा अभियान जारी


धुलिखेल, १४ असारः पनौती नगरपालिकाले बाली बीमा बारे नागरिकलाई टोल टोलमै पुगेर बुझाउने कामलाई अभियानकै रुपमा अघि बढाएको छ । जेठ १४ गते आएको भिषण बर्षासँगैको बाढीले कृषि क्षेत्रमा करोडौँ क्षति ब्यहोरेको नगपालिकाले बाली बीमाका बारे थप बुझाउन थालेको हो ।

विपद् तथा विभिन्न संक्रमणका कारण किसानलाई पर्न जाने नोक्सान कम गराउन बाली बीमा अभियान सञ्चालन गरिएको उपप्रमुख गिता बञ्जारले जानकारी दिनुभयो । आज वडा नं ११ र १२ का २५÷२५ जना किसानलाई भेला गराएर अन्तरक्रिया गरिएको छ ।

यसअघि वडा नं १, ९ र १० का किसानलाई पनि बाली बीमाको फाइदाका विषयमा अन्तरक्रिया गराइएको थियो । बाँकी रहेका वडाका किसानहरुलाई पनि क्रमश बाली बीमाका बारे जानकारी गराउने उपप्रमुख बञ्जारले बताए ।

नगरपालिकाले आगामी आर्थिक वर्षका लागि पशुपन्छी तथा बाली बीमा गर्ने किसानलाई प्रिमियम रकमको ५० प्रतिशत अनुदान दिने नीतिगत रुपमै ब्यवस्था गरेको नगरप्रमुख भिम प्रसाद न्यौपानेले बताए ।

प्रकाशित मिति : २०७७, १४ असार आईतबार  ६ : ३२ बजे

मदन भण्डारी कप भलिबल : पुलिस, खैरा र सभापोखरी सेमिफाइनलमा

रुपन्देही । बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित

दुई दशकपछि ठूलो पर्दामा नारायण त्रिपाठी : ‘चमेलीको पोई’बाट पुरानै शैलीमा कमब्याक

काठमाडौं । चर्चित हास्य कलाकार नारायण त्रिपाठी करिब दुई दशकपछि

छोराछोरी विदेशिएपछि ज्येष्ठ नागरिक एक्लिए : छत्र प्रधान

नेपालमा करीब ३० लाख ज्येष्ठ नागरिक छन, कानुन कार्यान्वयन फितलो

कांग्रेसको वैधानिकतामा समस्या छैन्, असोज १८ गते खुलामञ्चमा बृहत उद्घाटन हुनेछ : कृष्ण दुलाल

१५ औं महाधिवेशनको तयारीमा कांग्रेस, करिब ८ हजार प्रतिनिधि सहभागी

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ वटा सवारीसाधनका