२०८३, १२ आश्विन मंगलबार

काभ्रे बेथानचोकका कोरोना संक्रमितलाई टेकु लगियाे

काभ्रे बेथानचोकका कोरोना संक्रमितलाई टेकु लगियाे


धुलिखेल, १४ असारः काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ४ का २३ बर्षीय कोरोना संक्रमित पुरूषलाई टेकु लगिएको छ । आइसोलेसनमा राखि उपचार गर्नुपर्ने भएकाले उनलाई शुक्रराज ट्रफिकल अस्पताल टेकु पठाइएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले बताए ।

जेठ २ गते इन्डियाबाट ती पुरूषको स्वाब संकलन गरेर असार १० गते धुलिखेल अस्पताल पठाइएको थियो । आइतबार उनमा संक्रमण पुष्टि भएको हो । जिल्लामा १३ वेडको आइसोलेसन कक्ष छन् । तर कोरोना संक्रमितलाई ती आइसोलेसनमा राखेर उपचार गर्ने गरिएको छैन । यस अघि संक्रमित ५ जनालाई पनि भक्तपुरको दूवाकोट स्थित काठमाण्डौ मेडिकल कजेलमा उपचार गरिएको थियो । उनीहरू सबै उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

हालसम्म काभ्रेका जिल्लाका मात्रै ११ सय ६९ जनाको स्वाब संकलन गरी पिसिआर विधि मार्फत धुलिखेल अस्पातालमा परीक्षण गरिएको छ । काभ्रेमा २३ सय ९४ जनाको आरडिटी विधि मार्फत कोरोना परीक्षण भइसकेको छ । जिल्लाको १३ वाटै स्थानीय तहको क्वारेन्टाइनमा १ सय ८६ जना पु?ष र ३२ जना महिला गरी जम्मा २ सय १८ जना रहेका छन् ।

प्रकाशित मिति : २०७७, १४ असार आईतबार  ६ : १८ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय