२०८३, १५ आश्विन शुक्रबार

धुलिखेलका अधिकांश मासु पसल मापदण्ड विपरित

धुलिखेलका अधिकांश मासु पसल मापदण्ड विपरित

डिजिटल तराजु र मुल्य सूची छैन


धुलिखेल, १४ असारः काभ्रेको सदरमुकाम धुलिखेलका अधिकांश मासु पसल मापदण्ड विपरित सञ्चालन भइरहेको पाइएको छ । आइतबार भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको अगुवाईमा भएको बजार अनुगमनका क्रममा अधिकांश पसलले मापदण्ड पुरा नगरेको पाइएको हो ।

धुलिखेल नगरपालिका, प्रहरी, उद्योग वाणिज्य संघ, खाद्य तथा गुण नियन्त्रण कार्यालय लगायत सहभागि अनुगमन टोलीले ११ वटा पसलको अनुगमन गरेको थियो । त्यसमध्ये धेरै पसल बिना दर्ता सञ्चालन भइरहेको पाइएको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख डाक्टर मोगल प्रसाद शाहले जानकारी दिए ।

उनका अनुसार अधिकांश पसल सञ्चालकले टायल, सिसा, जाली नलगाइएको पाइएको हो । त्यस्तै डिजिटल तराजु नराखेको, मुल्य सूचि नटाँसेको, मासु पसलमा बस्नेले एप्रोन, गमबुट नलगाएको र पानीको उचित ब्यवस्था नगरेको डाक्टर शाहले बताए । धेरै पसलले राँगा, खसी र कुखुराको मासु एकै ठाउँमा राखेर बेचेको समेत पाइएको छ ।

मापदण्ड विपरित सञ्चालन भइरहेका पसलहरुलाई सुधारका लागि अनुगमन टोलीले समय निर्धारण गरेको छ । समितिले १ हप्ता भित्र डिजिटल तराजु राख्न समय तोकेको छ । त्यस्तै टायल, सिसा र जाली राख्न एक महिनाको समय दिइएको डाक्टर शाहले जानकारी दिए । अर्का पटक अनुगमन गर्दा पनि केहि सुधार नभएको पाइए कारबाही गरिने उनले बताए ।

प्रकाशित मिति : २०७७, १४ असार आईतबार  ४ : ११ बजे

मदन भण्डारी कप भलिबल : पुलिस, खैरा र सभापोखरी सेमिफाइनलमा

रुपन्देही । बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित

दुई दशकपछि ठूलो पर्दामा नारायण त्रिपाठी : ‘चमेलीको पोई’बाट पुरानै शैलीमा कमब्याक

काठमाडौं । चर्चित हास्य कलाकार नारायण त्रिपाठी करिब दुई दशकपछि

छोराछोरी विदेशिएपछि ज्येष्ठ नागरिक एक्लिए : छत्र प्रधान

नेपालमा करीब ३० लाख ज्येष्ठ नागरिक छन, कानुन कार्यान्वयन फितलो

कांग्रेसको वैधानिकतामा समस्या छैन्, असोज १८ गते खुलामञ्चमा बृहत उद्घाटन हुनेछ : कृष्ण दुलाल

१५ औं महाधिवेशनको तयारीमा कांग्रेस, करिब ८ हजार प्रतिनिधि सहभागी

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ वटा सवारीसाधनका