२०८३, ७ कार्तिक शनिबार

काभ्रेको खानीखोला गाउँपालिकामा पनि सलह जस्तै किरा देखियो

काभ्रेको खानीखोला गाउँपालिकामा पनि सलह जस्तै किरा देखियो


धुलिखेल, १३ असारः आज बिहान मात्रै भारतसँग सिमाना जोडिएको जिल्लामा देखिएको सलह किरा काभ्रेको विकट डाँडापारी क्षेत्रमा पनि देखिएको स्थानीयहरुले बताएका छन् । फट्याङ्ग्रा जस्तै देखिने सलह किरा देखिएको स्थानीयबासीले आशंका गरेका छन् ।

खानीखोला गाउँपालिकाको वडा नं २ फलामेटारमा सलह जस्तै देखिने किरा दिउँसो २ बजेतिर आकाशमा देखिएको थियो । अहिले त्यो किरा वडा नं १, २ र ६ को माथिल्लो भेगमा देखिएको पालिकाका प्रवक्ता मान बहादुर गोलेले जानकारी दिए ।

केही किरा मरेर भुइमा झरेको स्थानीयले बताएका छन् । देख्दा सलह जस्तै देखिएकाले सलह हो वा होइन भन्ने विषयमा गाउँपालिकाका कृषि प्राविधिकहरुले अनुसन्धान गरिरहेको प्रवक्ता गोलेले बताउनुभयो ।

किराले बालीमा भने कुनै क्षति नगरेको बताइएको छ । किरा मकवानपुर हुदैँ गाउँपालिका भित्रिएको हुन सक्ने प्रबक्ता गोलेको भनाई छ ।

प्रकाशित मिति : २०७७, १३ असार शनिबार  ५ : ३३ बजे

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर