२०८३, १५ आश्विन शुक्रबार

काभ्रेको खानीखोला गाउँपालिकामा पनि सलह जस्तै किरा देखियो

काभ्रेको खानीखोला गाउँपालिकामा पनि सलह जस्तै किरा देखियो


धुलिखेल, १३ असारः आज बिहान मात्रै भारतसँग सिमाना जोडिएको जिल्लामा देखिएको सलह किरा काभ्रेको विकट डाँडापारी क्षेत्रमा पनि देखिएको स्थानीयहरुले बताएका छन् । फट्याङ्ग्रा जस्तै देखिने सलह किरा देखिएको स्थानीयबासीले आशंका गरेका छन् ।

खानीखोला गाउँपालिकाको वडा नं २ फलामेटारमा सलह जस्तै देखिने किरा दिउँसो २ बजेतिर आकाशमा देखिएको थियो । अहिले त्यो किरा वडा नं १, २ र ६ को माथिल्लो भेगमा देखिएको पालिकाका प्रवक्ता मान बहादुर गोलेले जानकारी दिए ।

केही किरा मरेर भुइमा झरेको स्थानीयले बताएका छन् । देख्दा सलह जस्तै देखिएकाले सलह हो वा होइन भन्ने विषयमा गाउँपालिकाका कृषि प्राविधिकहरुले अनुसन्धान गरिरहेको प्रवक्ता गोलेले बताउनुभयो ।

किराले बालीमा भने कुनै क्षति नगरेको बताइएको छ । किरा मकवानपुर हुदैँ गाउँपालिका भित्रिएको हुन सक्ने प्रबक्ता गोलेको भनाई छ ।

प्रकाशित मिति : २०७७, १३ असार शनिबार  ५ : ३३ बजे

मदन भण्डारी कप भलिबल : पुलिस, खैरा र सभापोखरी सेमिफाइनलमा

रुपन्देही । बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित

दुई दशकपछि ठूलो पर्दामा नारायण त्रिपाठी : ‘चमेलीको पोई’बाट पुरानै शैलीमा कमब्याक

काठमाडौं । चर्चित हास्य कलाकार नारायण त्रिपाठी करिब दुई दशकपछि

छोराछोरी विदेशिएपछि ज्येष्ठ नागरिक एक्लिए : छत्र प्रधान

नेपालमा करीब ३० लाख ज्येष्ठ नागरिक छन, कानुन कार्यान्वयन फितलो

कांग्रेसको वैधानिकतामा समस्या छैन्, असोज १८ गते खुलामञ्चमा बृहत उद्घाटन हुनेछ : कृष्ण दुलाल

१५ औं महाधिवेशनको तयारीमा कांग्रेस, करिब ८ हजार प्रतिनिधि सहभागी

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ वटा सवारीसाधनका