२०८३, २६ आश्विन मंगलबार

साउदीले कोरोना महामारीबीच हज आयोजना गर्ने, अन्य देशका नागरिकलाई निषेध

साउदीले कोरोना महामारीबीच हज आयोजना गर्ने, अन्य देशका नागरिकलाई निषेध


काठमाडौं, ९ असार: कोरोना भाइरस संक्रमणको जोखिमका बाबजुद साउदी अरबले यस वर्ष पनि हज आयोजना गर्ने भएको छ । तर, यस वर्ष साउदी अरबका नागरिकले मात्रै हज गर्न पाउने छन् ।

साउदी अरब सरकारको हज मन्त्रालयले सोमबार सूचना जारी गरी सीमित हाजीलाई मात्र हज गर्न अनुमति दिइने जानकारी दिएको छ । यसै सूचनामा कोरोना संक्रमणको महामारीका कारण अन्य देशका हाजीलाई साउदी अरब आउन अनुमति दिइएको छैन ।

साउदी अरबको मक्कामा हरेक वर्ष हज आयोजना हुन्छ । मुस्लिम समुदायको पवित्र धार्मिक स्थान मक्कामदिनामा हज गर्न नेपाली नागरिकहरुसमेत जाने गर्दछन् ।

साउदी सरकारका अधिकारीहरुले यस वर्ष देशभित्रका नागरिकहरुलाई सामाजिक दुरी कायम गरी हज गर्ने व्यवस्था मिलाउने बताएका छन् । कोरोना संक्रमण रोक्नका लागि सुरक्षाका धेरै उपाय अपनाइने छ ।

इस्लामिक क्यालेन्डर चन्द्रमाको हिसाबमा परिवर्तन भइरहन्छ । तर हज बकर ईदको समयमा हुन्छ । यस पटक हजको आयोजना अगस्टको पहिलो हप्तामा आयोजना हुँदै छ ।

इस्लामका पाँच मूलभूत स्तम्भ छन् । यसमा सबैभन्दा अन्तिम हजलाई मानिन्छ । शारीरिक रुपमा ठीक र आर्थिक रुपमा सम्पन्न मुसलमान जीवनमा कम्तिमा एक पटक हज गर्ने इच्छा व्यक्त गर्दछन् ।

यसै कारण हरेक वर्ष २० लाखभन्दा धेरै मुसलमान हजका लागि साउदी अरबको मक्का पुग्छन् । यस वर्ष दोस्रो देशका मुसलमानहरुलाई साउदीले अनुमति नदिएकाले हज गर्नेहरुको संख्या कम हुने निश्चित छ ।

प्रकाशित मिति : २०७७, ९ असार मंगलबार  ८ : ३५ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल