२०८३, ९ भाद्र बुधबार

केयुको स्कुल आफ इन्जिनियरिङ विभागमा अनलाईन पठनपाठन

केयुको स्कुल आफ इन्जिनियरिङ विभागमा अनलाईन पठनपाठन


धुलिखेल ८ असारः धुलिखेल स्थित काठमाण्डौ विश्व विद्यालयको स्कुल आफ इन्जिनियरिङ विभागले अनलाईन पठनपाठन सुरु गरेको छ । विद्यार्थीहरुको माग र आवश्यकताका आधारमा अनलाइन पठनपाठन सुरु गरिएको हो ।

लकडाउन लम्बिदैँ जाँदा विद्यार्थीहरुको पठनपाठन थप नबिग्रियोस भन्नका लागि अनलाइन कक्षा सुरु गरिएको स्कुल आफ इन्जिनियरिङ विभागका एशोसिएट डिन प्राध्यापक डाक्टर हरि न्यौपानेले जानकारी दिए । दुईहजार भन्दा बढी विद्यार्थी अनलाइन कक्षामा सामेल भइरहेका छन् । स्कुल आफ इन्जिनियरिङ विभागमा ३५ सयको हाराहारिमा विद्यार्थी छन् ।

विद्यार्थीहरुलाई विभागले इन्टरनेटका लागि डाटा प्याक समेत विशेष छुटमा उपलब्ध गराएको छ । देशका विभिन्न दुर्गम भेगका विद्यार्थीलाई समेत समेट्ने उद्देश्यले डाटा प्याकको ब्यवस्था गरिएको हो ।

विद्यार्थीहरुको समयलाई ध्यान दिएर कक्षा सञ्चालन गर्ने गरिएको छ । ‘हामीले विद्यार्थीहरुको समय हेरेर पठनपाठन गरिरहेका छौँ, प्राध्यापक डाक्टर न्यौपानेले भने ‘इन्टनेटका लागि डाटा प्याक दिइरहेका छौँ, आवश्यकता अनुसार यसलाई बढाएर पठनपाठनलाई सहज बनाउने गरी अघि बढीरहेका छाैँ ।’

प्रकाशित मिति : २०७७, ८ असार सोमबार  ६ : ३४ बजे

बाढीपहिरोका कारण कांग्रेसको महिला उद्यमशीलता सम्मेलन स्थगित

काठमाडौं । देशका विभिन्न स्थानमा बाढी तथा प्रतिकूल मौसमका कारण

रसुवा बाढी प्रभावितलाई डब्ल्युएचओको स्वास्थ्य सामग्री सहयोग, १ हजार जनाका लागि औषधि पठाइँदै

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आएको

बाढीको जोखिमले काठमाडौंबाट धादिङ, रसुवा र चितवन जाने गाडि काठमाडौंमै रोकिए

काठमाडौं । चीनतर्फबाट आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ

रसुवा बाढी : ड्रोनदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन, खोजी तथा उद्धार तीव्र

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि प्रभावित तथा बेपत्ता नागरिकको

रसुवामा बाढीबाट मानवीय क्षति पुष्टि, यकिन विवरण आउन बाँकी

काठमाडौं । रसुवामा आएको बाढीबाट मानवीय क्षति भएको पुष्टि भएको