२०८३, ७ कार्तिक शनिबार

नमोबुद्ध नगरपालिकाका किसानलाई फौजी किरा नियन्त्रण गर्न विषादी

नमोबुद्ध नगरपालिकाका किसानलाई फौजी किरा नियन्त्रण गर्न विषादी


धुलिखेल, ३२ जेठः काभ्रेको नमोबुद्ध नगरपालिकाले किसानलाई अमेरिकन फौजी किरा नियन्त्रणका लागि विषादी उपलब्ध गराएको छ । नगरका ११ ओटै वडामा लगाईएको मकै बालिमा फौजी किराको प्रकोप देखिन थाले पछि ५० प्रतिशत अनुदानमा किसानलाई विषादी उपलब्ध गरिएको नगरपालिकाका प्रवक्ता संजिव ढकालले जानकारी दिनुभयो ।

किसानले लगाएको हाईब्रिट जातका ९५ प्रतिशत मकै बालीमा फौजि किराको प्रकोप देखिएको छ । पहिलो चरणमा दुई सय पचास जना किसानलाई प्राविधिकले सिफारिस गरेको विषदी बितरण गरिएको छ । एक जना किसान बराबर ४ देखी ६ रोपनीमा छर्कन पुग्ने गरी विषादी उपलब्ध गराईएको हो ।

नगरले फेरी एक सय जना किसानलाई पुग्ने विषादी वडा वडामा पठाईसकेको छ । नगरको सबै क्षेत्रमा मकै उत्पादन भए पनि दाप्चा, फुलबारी, कानपुर, पिपलटार लगायतका क्षेत्रमा उत्पादन धेरै हुने गरेको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।

बितरण गरिएको विषदीले प्रभावकारी रुपमै काम गरेको बताईएको छ । नगरपालिकाका बिभिन्न कृषि सहकारीहरुले पनी किसानलाई विषदी बितरण गरेको छ ।

प्रकाशित मिति : २०७७, ३२ जेष्ठ आईतबार  ७ : ५० बजे

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय