२०८३, १६ श्रावण आईतबार

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले गरे आत्महत्या

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले गरे आत्महत्या


महेन्द्र सिंह धोनीको बायोपिकमा बनेको फिल्ममा मुख्य भूमिका निर्वाह गर्ने सुशान्त सिंह राजपूतले आत्महत्या गरेकाम छन् । मुम्बईको बान्द्रास्थिती फ्ल्याटमा उनको शव भेटिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । उनले किन आत्महत्या गरे भन्ने बारे जानकारी प्राप्त छैन । मिडिया रिपोटएका अनुसार सुशान्तका सहयोगीले यस घटनाबारे प्रहरीलाई जानकारी दिएका हुन् ।

सुशान्त सिंहको जन्म पटनामा भएकामे थियो । सन् २००० को सुरुवातमा उनको परिवार दिल्लीमा बसेको थियो । सुशान्तका चार दिदी बहिनी छन् । तीमध्ये एक मीतू राज्य स्तरकी क्रिकेट खेलाडी हुन् ।

सुशान्तले ब्याकअप डान्सरको रुपमा आफ्नो करियर सुरु गरेका थिए । टिभीमा उनको पहिलो सिरियल बालाजी टेलिफिल्म्सको ‘किस देश मे शै मेरा दिल’ थियो । त्यसपछि ‘पवित्र रिश्ता’ सिरियलमार्फत् उनले चर्चा पाए । उनी डान्स रियालिटी शो जरा नच के दिखा र झलक दिखलाजामा पनि देखिए । उनले काय पो चे, शुद्ध देसी रोमान्स, पीके र केदारनाथ फिल्ममा काम गरेका छन् ।

प्रकाशित मिति : २०७७, ३२ जेष्ठ आईतबार  ३ : १६ बजे

दुर्गा प्रसाईं पक्राउ, आन्दोलन घोषणा गरेको केही घण्टामै प्रहरीको नियन्त्रणमा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई

हतियारधारी भारतीय फौज सुस्ता प्रवेश, बाँध भत्काउँदा प्रतिकारमा ३ नेपाली घाइते

नवलपरासी। भारततर्फबाट आएका हतियारधारी सुरक्षाकर्मीले नेपाल–भारत सीमास्थित सुस्ता क्षेत्रमा प्रवेश

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली