२०८३, २९ भाद्र मंगलबार

पनौतीका जनप्रतिनिधि आगामी आर्थिक वर्षको योजना बनाउन सक्रिय

पनौतीका जनप्रतिनिधि आगामी आर्थिक वर्षको योजना बनाउन सक्रिय

स्वास्थ्य र कृषिलाई उच्च प्राथमिकता


धुलिखेल, २८ जेठः काभ्रेको पानौती नगरपालिकाले आगामी आर्थिक वर्षको योजना निमार्णका लागि छलफल सुरु गरेको छ । आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्न छलफल सुरु गरिएको नगर प्रमुख भिम प्रसाद न्यौपानेले जानकारी दिए ।

भौतिक दुरी कायम गर्दै प्राथमिकताका आधारमा योजना निमार्णको क्रममा रहेको छ । चालु आर्थिक बर्षका लागि तयार गरिएको बिकास निमार्णका कामहरु पुरा नभएकाले आगामी बर्ष त्यहि कार्यक्रमलाई निरन्तरता दिने गरि छलफल भइरहेको नगरप्रमुख न्यौपानेले बताए ।

नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई पनि उच्च प्राथमिकतामा राखेको छ । त्यस्तै प्राथमिकतामा कृषि तथा पशु पंक्षी स्वास्थ्यको कार्यक्रम राखिएको नगर प्रमुख न्यौपानेले जानकारी दिए । पालिकाले पुर्वाधार बिकासको कामलाई चौथो प्राथमीबतामा राखेको छ ।

जेठ १४ गते अबिरल वर्षसँगै आएको बाढीले कृषि क्षत्रेमा पुर्याएको क्षति ब्यवहोरेका किसानलाई अनुदान दिने गरी योजना बनाइरहेको नगरपालिकाले जनाएको छ । बाढीले पुर्याएको भौतिक क्षतिको विवरण भने प्राबिधिक मार्फत भईरहेको छ ।

नगरपालिकाले आगामी वर्ष बाढीले क्षति पुर्याएको भौतिक पुर्वाधारको पनि निमार्ण गर्ने गरी योजना बनाइरहेको नगरप्रमुख न्यौपानेले बताए ।

प्रकाशित मिति : २०७७, २८ जेष्ठ बुधबार  ८ : ०६ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक