२०८३, १२ कार्तिक बिहीबार

पनौतीका जनप्रतिनिधि आगामी आर्थिक वर्षको योजना बनाउन सक्रिय

पनौतीका जनप्रतिनिधि आगामी आर्थिक वर्षको योजना बनाउन सक्रिय

स्वास्थ्य र कृषिलाई उच्च प्राथमिकता


धुलिखेल, २८ जेठः काभ्रेको पानौती नगरपालिकाले आगामी आर्थिक वर्षको योजना निमार्णका लागि छलफल सुरु गरेको छ । आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्न छलफल सुरु गरिएको नगर प्रमुख भिम प्रसाद न्यौपानेले जानकारी दिए ।

भौतिक दुरी कायम गर्दै प्राथमिकताका आधारमा योजना निमार्णको क्रममा रहेको छ । चालु आर्थिक बर्षका लागि तयार गरिएको बिकास निमार्णका कामहरु पुरा नभएकाले आगामी बर्ष त्यहि कार्यक्रमलाई निरन्तरता दिने गरि छलफल भइरहेको नगरप्रमुख न्यौपानेले बताए ।

नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई पनि उच्च प्राथमिकतामा राखेको छ । त्यस्तै प्राथमिकतामा कृषि तथा पशु पंक्षी स्वास्थ्यको कार्यक्रम राखिएको नगर प्रमुख न्यौपानेले जानकारी दिए । पालिकाले पुर्वाधार बिकासको कामलाई चौथो प्राथमीबतामा राखेको छ ।

जेठ १४ गते अबिरल वर्षसँगै आएको बाढीले कृषि क्षत्रेमा पुर्याएको क्षति ब्यवहोरेका किसानलाई अनुदान दिने गरी योजना बनाइरहेको नगरपालिकाले जनाएको छ । बाढीले पुर्याएको भौतिक क्षतिको विवरण भने प्राबिधिक मार्फत भईरहेको छ ।

नगरपालिकाले आगामी वर्ष बाढीले क्षति पुर्याएको भौतिक पुर्वाधारको पनि निमार्ण गर्ने गरी योजना बनाइरहेको नगरप्रमुख न्यौपानेले बताए ।

प्रकाशित मिति : २०७७, २८ जेष्ठ बुधबार  ८ : ०६ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता