२०८३, १५ श्रावण शनिबार

धुलिखेलका मेयर र उपमेयर बिषादी लिएर पुगे किसान भेट्न

धुलिखेलका मेयर र उपमेयर बिषादी लिएर पुगे किसान भेट्न


धुलिखेल, २६ जेठ : धुलिखेल नगरपालिका मेयर अशोक ब्याञ्जु र उपमेयर बिमला शर्मा अमेरिकन फौजी किराले आक्रान्त बनेका किसानलाई भेट्न पुगेका छन् । उनीहरुले सोमबार वडा नम्बर ९ काभ्रेभञ्ज्याङ क्षेत्रका किसानहरुसँग भेटघाट गरेका हुन् ।

नगरपालिकाको कृषि शाखाले केहि दिनअघि वडा नम्बर ८ बडाल गाउँबाट अमेरिकन फौजी किरा नियन्त्रणका लागि निःशुल्क विषादी वितरण थालेको छ । मेयर श्रेष्ठ र उपमेयर शर्मा पनि किसानलाई भेट्न विषादी लिएर पुगेका हुन् । वडा नम्बर ९ का ३ सय किसानलाई विषादी वितरण गरेको मेयर ब्याञ्जुले जानकारी दिए । उनीहरुले किसानसँग छलफल समेत गरेका छन् ।

नगरपालिकाले यस अघि वडा नम्बर १, २, ६, ८ र ११ का किसानलाई पनि विषादी वितरण गरिसकेको छ । हाइब्रिड जातको मकैमा अमेरिकन फौजी किराले आक्रमण गरेपछि किसानहरु चिन्तित बनेका छन् । मेयर ब्याञ्जुले नगरपालिकाले किसानलाई किङ्स्टार नामको विषादी हस्तान्तण गरेका थिए । किसानले मेयरसँग आगामी आर्थिक वर्षमा किसानका लागि नयाँ नयाँ योजना ल्याउन आग्रह गरेका थिए । जवाफमा मेयर ब्याञ्जुले कृषि क्षेत्रको विकासका लागि बार्षिक १ करोड बजेट विनियोजन गरेको भन्दै कृषि मैत्री सहर बनाउने उद्देश्य सहित कृषि रणनीति बनाएर लागु गरिएकाले किसानको समस्या समाधान गर्न नगरपालिकाले लागि परेको बताए ।

नगरपालिकाको कृषि शाखाले हरेक किसानको तीन रोपनी क्षेत्रफल जमिनमा पुग्ने गरी निःशुल्क विषादी वितरण गरिरहेको शाखा प्रमुख मन्दिल कृष्ण श्रेष्ठले जानकारी दिए । ‘हामीले प्रत्येक किसानलाई तीन रोपनी क्षेत्रफल जमिनमा पुग्ने गरी निःशुल्क विषादी वितरण गरेका छौँ, शाखा प्रमुख श्रेष्ठले भने ‘यो बिषादीको नतिजा सकारात्मक देखिएको छ, किसानबाट गुनासो आएको छैन ।’

प्रकाशित मिति : २०७७, २६ जेष्ठ सोमबार  ६ : ५३ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा