२०८३, ८ कार्तिक आईतबार

काभ्रेका सबै काेराेना संक्रमितलाई भक्तपुर पठाइयो

काभ्रेका सबै काेराेना संक्रमितलाई भक्तपुर पठाइयो


धुलिखेल, २३ जेठः काभ्रेमा पहिलो देखि कोरोना संक्रमण पुष्टि भएका सबैलाई उपचारका लागि भक्तपुर पठाइएको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमूख एवं जिल्ला कमाण्ड पोष्टका सदस्य सचिव डाक्टर नरेन्द्र कुमार झाका अनुसार सबै संक्रमितलाई भक्तपुर पठाइएको हो ।

धुलिखेल अस्पतालको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा काभ्रेको पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि हुनेमा रोशी गाउँपालिकाका २० बर्षीय महिला, २२ र २९ बर्षीय २ जना पुरुष छन् । त्यस्तै पाँचखाल नगरपालिकाका ३९ बर्षीय पुरुष र पनौती नगरपालिकाका पनि ३९ बर्षीय पुरुष रहेका छन् । क्वारेन्टाइनमा बसिरहेका उनीको पीसीआर विधिबाट स्वाब परीक्षण गर्दा कोरोना देखिएको हो । रोशीका तिन जना नै भारतबाट आएका हुन् ।

उनीहरुको भक्तपुर स्थित काठमाण्डौ मेडिकल कलेज दुवाकोटको कोभिड अस्पतालमा उपचार हुनेछ । यस्तै बनेपामा रहेको शीर मेमोरियल अस्पतालको आइसोलेसनमा कोरोना आंशमा एक जना महिलालाई राखिएको डाक्टर झाले बताए ।

काभ्रेमा आज ९९ जना पुरुष र १३ जना महिला गरी १ सय १२ जना विभिन्न क्वारेन्टाइनमा बसिरहेका छन् ।

प्रकाशित मिति : २०७७, २३ जेष्ठ शुक्रबार  ६ : २५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना