२०८३, २० आश्विन बुधबार

धुलिखेलका युवाहरुले भने ‘रुकुम घटनाको दोषिलाई तत्काल कारबाही गर’

धुलिखेलका युवाहरुले भने ‘रुकुम घटनाको दोषिलाई तत्काल कारबाही गर’


धुलिखेल, २२ जेठः धुलिखेलका युवाहरुले रुकुम घटनाका दोषिलाई तत्काल कारबाही गर्न माग गरेका छन् । स्थानीय युवा सीबी तामाङको अगुवाइमा भेला भएका युवाहरुले घटनालाई निन्दनीय र दण्डनीय रहेको भन्दै छानविन गरेर प्रचलित कानुन बमोजिम कारबाही गर्न माग गरेका हुन् ।

जातिय हिंसा विरुद्धको विभिन्न प्लेकार्ड बोकेर युवाहरुले विरोध जनाएका हुन् । विरोध कार्यक्रममा प्रो राईडर समूहको पनि उल्लेखिय सहभागिता रहेको थियो । जातियताको नाममा हुने कुनै पनि हिंसा युवा पुस्तालाई स्वीकार्य नहुने युवा सीबी तामाङले बताए । ‘समाजमा जडकिएर बसेको जातिय विभेदलाई युवा पुस्ताले चिर्नुपर्छ, तामाङले भने ‘यो समाज रुपान्तरणको बाधक हो, यसलाई चिर्न युवाहरुले विशेष भुमिका खेल्नुपर्छ, आफ्नो घर, टोल, छरछिमेकमा जातियता विरुद्धको गतिविधि सञ्चालन गर्न आवश्यक छ ।’

जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर ८ का मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न गएका जाजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ बर्षीय नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए । त्यस बेला केटी लाने पक्ष नवराज विकको समूहलाई कुटपिट गरको थिए उक्त घटनामा ६ जनाको शव भेरी नदीमा भेटिएको थियो ।

प्रकाशित मिति : २०७७, २२ जेष्ठ बिहीबार  ७ : ४२ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको