२०८३, ८ कार्तिक आईतबार

नेपालमा कोरोनाबाट १० जनाको मृत्यु, संक्रमितको संख्या २,६३४ पुग्यो

नेपालमा कोरोनाबाट १० जनाको मृत्यु, संक्रमितको संख्या २,६३४ पुग्यो

आज ३३४ जना संक्रमित


काठमाडौं २२ जेठ : आज कोरोना भाइरसका कारण पाल्पाका एक जनाको मृत्यु भएको छ । जेठ २० गते उनको उपचारकै क्रममा पाल्पाको मिसन अस्पतालमा मृत्यु भएको थियो ।

पाल्पा पूर्वखोलाका ४५ वर्षका पुरुष पाँचदिनअघि भारतबाट आएर स्थानीय क्वारेन्टिनमा बस्दै आएका थिए ।श्वासप्रश्वासमा समस्या भएपछि उनलाई पाल्पाको मिसन अस्पतालमा लगिएको थियो । सोही अस्पतालमै उनको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । उनका अनुसार मृत्यु भएपछि उनको स्वाब संकलन गरिएको थियो । अहिले उनको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १० पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा अहिलेसम्मकै धेरै ३३४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३३४ संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई हजार ६३४ पुगेको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले थप ३३४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको जानकारी दिए ।

प्रकाशित मिति : २०७७, २२ जेष्ठ बिहीबार  ५ : ४९ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना