२०८३, २० आश्विन बुधबार

धुलिखेलको मूख्य ट्याङकीमा पानी आइपुग्यो

धुलिखेलको मूख्य ट्याङकीमा पानी आइपुग्यो

नियमित धारामा आउन एक साता लाग्ने


धुलिखेल, २१ जेठः बाढीले बगाएको पाइप जडान सकिएपछि आजबाट धुलिखेलको मुख्य ट्याङकीमा पानी झार्न सुरु गरिएको छ । दिउँसो दुई बजेदेखि खानेपानी धुलिखेल स्थित मुख्य ट्याङकीमा पठाइएको धुलिखेल खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामेश्व श्रेष्ठले बताए ।

जेठ १४ गते पनौती क्षेत्रमा भिषण बर्षापछि आएको बाढीले धुलिखेल आउने खानेपानीको पाइप बगाएपछि धुलिखेलमा खानेपानीको चरम समस्या भइरहेको छ । मुख्य ट्याङकीमा पानी आइपुगेपछि बाढीले बगाउनु भन्दा अघिको अवस्थामा पानी आउन भने अझै एक हप्ता लाग्ने अध्यक्ष श्रेष्ठले बताए ।

बाढीले पनौती स्थित बाँसडोल खोलामा धुलिखेल आउने खानेपानीको पाइप बगाएको थियो । पनौती नगरपालिकाको वडा नम्बर १२ कलाती भूमिडाँडाबाट ल्याएको पानीको पाइप बाढीले बगाएको थियो । एकसाता बितिसक्दा पनि पानी नआउन पछि धुलिखेल नगरपालिकाले ट्याक्टर मार्फत समस्या ग्रस्त विभिन्न वडामा खानेपानी वितरण गर्न थालेको छ ।

प्रकाशित मिति : २०७७, २२ जेष्ठ बिहीबार  ५ : ५३ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको