२०८३, ९ भाद्र बुधबार

क्षेत्रीय होटल संघ काभ्रेले बुझायो सरकारलाई ज्ञापन पत्र

क्षेत्रीय होटल संघ काभ्रेले बुझायो सरकारलाई ज्ञापन पत्र


काभ्रे, १४ जेठ : क्षेत्रीय होटल संघ काभ्रेले नेपाल सरकारसमक्ष ज्ञापन पत्र बुझाएको छ । कोभिड १९ महामारीले सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा गरेको र यस क्षेत्रमा ४ अर्ब बैंकको ऋण मात्र लगानी भएकोले बैंकको ब्याज पनि तिर्न नसक्ने गरी धराशायी अवस्थामा आएका भन्दै संघले मंगलबार प्रमुख जिल्ला अधिकारीमार्फत् पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय र उद्योग तथा वाणिज्य मन्त्रालयमार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाइएको छ ।

कोभिड–१९ का कारण जिल्लामा सञ्चालित होटल व्यवसायहरु धराशयी बन्दै गएको भन्दै ७ बुँदासहितको ज्ञापन पत्रमा लकडाउन अवधिभरको बैंकको ब्याजमा मिनाह र साँवाको भाका कम्तीमा पनि २ वर्षको थप गर्न वा मिनाहाकालागि आग्रह गरिएको छ ।

साथै, सबै होटल व्यवसायीहरुलाई राष्ट्र बैंकबाट सहुलियत सुबिधा पाउने पुर्नकर्जाको व्यवस्था गर्ने लगायत कर छुट, घरभाडा छुट र विद्युत महसुल छुटलगायत माग प्रस्तुत गरिएका छन् । त्यसैगरी आसन्न नीति तथा कार्यक्रमभित्र व्यवसायीहरुका समस्याहरुलाई सम्बोधन गर्नको लागि प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीसमक्ष माग गरिएको छ ।

संघले यो विपद्को घडिमा होटल व्यवसायीहरुको समस्याहरु मनन गर्दै के गर्दा सहज स्थिति सिर्जना गर्न सकिन्छ, सोही बमोजिम समर्पित हुने आशय क्षेत्रीय होटल संघ काभ्रेका अध्यक्ष प्रेमकण्ठ श्रेष्ठद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख गरेको छ ।

सो ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना र धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले आफूले सम्बन्धित निकायसम्म व्यवसायीहरुका समस्या पु¥याउने र सम्बोधन गर्न सकिने समस्याहरुलाई जिल्ला र नगरबाटै समाधान गरिनेसमेत बताउनुभएको थियो ।

उक्त ज्ञापन पत्र बुझाउने क्रममा क्षेत्रीय होटल संघ काभ्रेसँग आबद्ध पर्यटन व्यवसायी, उद्यमीलगायत कार्यसमितिको उपस्थित रहेको संघकी सचिव ज्योत्सना सैजूले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७, १४ जेष्ठ बुधबार  ८ : १७ बजे

कांग्रेसको बहिष्कारबीच थापाले जोगाए बागमतीको सत्ता, राप्रपाका ७ सांसद निर्णायक

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र