२०८३, १८ श्रावण मंगलबार

काभ्रे प्रशासनको अर्को आदेश ‘पास लिएका सवारी साधन चल्न पाउँछन्’

काभ्रे प्रशासनको अर्को आदेश ‘पास लिएका सवारी साधन चल्न पाउँछन्’


धुलिखेल, ६ जेठः जिल्ला प्रशासन कार्यालय काभ्रेले एक आदेश मार्फत पास लिएका सवारी साधन चल्न पाउने उल्लेख गरेको छ । यसअघि बैशाख ३१ गते एक सूचना मार्फत प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले जेठ १ गतेदेखि लागु हुने गरी हस्तलिखित र इ–पास सबै रद्द भएको बताएका थिए ।

तर उनै प्रजिअ तिमिल्सिनाले हिजो जेठ २० राती १२ बजेसम्मका लागि आदेश जारी गर्दै पास लिएका सवारी साधन चल्न पाउने बताएका हुन् । आदेशको बुदाँ नम्बर ३ मा भनिएको छ ‘जिल्लाभर कृषिजन्य सामग्री उत्पादन, भण्डारण, वितरण तथा पशुपन्छीसँग सम्बन्धित साग्रमीहरु, स्वास्थ्य सेवा सम्बन्धी सामग्रीहरु, भन्सारबाट जाँचपास भएका सामग्रीहरु, पानी, ग्याँस, पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ, तयारी मालवस्तु, विकास आयोजनामा प्रयोग हुने उपकरणहरु, निर्माण सामग्रीहरु, कृषि सामग्रीहरु, रासायनिक मल र प्राङगरिक मल, पाठ्यपुस्तक बोकेका ढुवानीका साधन, दैनिक उपभोग्य वस्तु, विद्यूत तथा टेलिफोन सेवा प्रवाह गर्ने सवारी साधन, अत्यावश्यकीय सामग्रीहरु बोकेका सवारी साधन, एम्बुलेन्स र पास लिएका बाहेक अन्य सवारी साधन सञ्चालन नगर्ने ।’

देशभर कोरोना भाइरसको संक्रमितको संख्या बढ्दै गएपछि गृहमन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने सबै सवारी पास रद्द गरेको जनाएको छ । सञ्चारकर्मीलाई समेत सुचना विभागको कार्ड अनिवार्य गरिएको छ । तर काभ्रेमा भने पास रद्द नभएको पाइएको छ । प्रमुख जिल्ला अधिकारी आफैले पाँचदिन पहिले सबै पास रद्द भनेर सुचना निकाल्ने, फेरी पाँच दिन पछि सवारी पास लिएका सवारी साधन चल्न पाउने भनेर आदेश जारी गरेपछि आम काभ्रेली सर्वसाधरण भने दुविधामा परेका छन् ।

गृहमन्त्रालयको आदेशपछि पनि काभ्रेमा टिपर गुड्ने क्रम रोकिएको छैन । साँझ ५ बजेपछि टिपरको लस्कर लाग्ने गरेको छ । लकडाउनलाई पालना नगरी क्रसर चलाएको भन्दै भुम्लु गाउँपालिका वडा नम्बर ९ मा क्रसरका मजदुर, टिपर चालक र स्थानीय बीच झडप समेत भएको छ ।

प्रकाशित मिति : २०७७, ६ जेष्ठ मंगलबार  ६ : १७ बजे

नसर्ने रोगको जोखिम रोक्न सूर्यविनायक र बेथानचोकको सहकार्य – औषधिभन्दा चेतना ठूलो : संयोजक रविन्द्र सापकोटा

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका र काभ्रेको बथानचोक गाउँपालिकाको स्वास्थ्यकर्मीलाई

सेनासँग समन्वयमै बागमती करिडोर विस्तार भएको रास्वपा सांसद पाण्डेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले

प्रदेश सरकार गठनको बहसबीच युवा संघका नेता लामाको सन्देश : “सरकारभन्दा पार्टी र संगठन बलियो हुनुपर्छ”

काठमाडौं । प्रदेश सरकार गठनलाई लिएर राजनीतिक वृत्तमा बहस चलिरहेका

थपलिया बेहोस नभई भावुक हुँदा गला अवरुद्ध भएको हो : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश

एमाले नेता थपलिया अस्वस्थ, वीर अस्पतालमा उपचार जारी

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ