२०८३, ९ भाद्र बुधबार

मृतक सुत्केरीका श्रीमान सहित आफन्त डिस्चार्ज

मृतक सुत्केरीका श्रीमान सहित आफन्त डिस्चार्ज


धुलिखेल, ५ जेठः कोरोना भाइरसबाट नेपालमा पहिलो पटक मृत्यु भएकी महिलाका श्रीमान सहित आफन्तहरु डिस्चार्ज भएका छन् । धुलिखेल अस्पतालको आइसोलेसन वेडमा रहेका उनीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि नभएपछि सोमबार डिस्चार्ज भएका हुन् ।

ज्वरो, रुघाखोकी र सासफेर्न समस्या भएपछि सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ८ राम्चेकी २९ बर्षीय सुत्केरी महिला गत विहिबार धुलिखेल अस्पताल भर्ना भएकी थिइन् । उनको सोहि दिन राती उपचारको क्रममा मृत्यु भएको थियो । उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस पछि उनका श्रीमान, १३ दिने नवजात शिशु सहित अस्पताल आइपुगेका आफन्तको पनि कोरोना भाइरस परीक्षण गरिएको थियो ।

मृतक महिलाका आफन्तमा कोरोना संक्रमण पुष्टि नभएपछि डिस्चार्ज गरिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं जिल्ला कमाण्ड पोष्टका सदस्य सचिव डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए । उनका अनुसार धुलिखेल अस्पतालमा अहिले पनि ८ जना आइसोलेसनमै राखेर उपचार भइरहेको छ ।

काभ्रेमा हाल २७ जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको पनि कोरोना परीक्षण भइरहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं जिल्ला कमाण्ड पोष्टका सदस्य सचिव डाक्टर झाले बताए ।

प्रकाशित मिति : २०७७, ५ जेष्ठ सोमबार  ६ : १३ बजे

आजको विदेशी मुद्राको विनिमयदर : डलर १५२.३७, पाउन्ड २०८.६७ र युरो १७८.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

संसदमा आज बालेनको परीक्षा : सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाह

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक प्रधानमन्त्री बालेन्द्र शाहका लागि महत्वपूर्ण

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी-पहिरोको जोखिममा सतर्क रहन आग्रह

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि

कांग्रेसको बहिष्कारबीच थापाले जोगाए बागमतीको सत्ता, राप्रपाका ७ सांसद निर्णायक

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन