२०८३, ७ कार्तिक शनिबार

विश्वभर कोरोनाका कारण ३ लाख ७ हजारको मृत्यु अमेरिकामा ८७ हजार पुग्यो

विश्वभर कोरोनाका कारण ३ लाख ७ हजारको मृत्यु अमेरिकामा ८७ हजार पुग्यो


काठमाडौं ३ जेठ  विश्वभर कोरोना भाइरस संक्रमणका कारण विश्वभर ३ लाख ७ हजार ४ सय ८६ जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म ४५ लाख ३८ हजार ४ सय ६ जना संक्रमित भएका छन् ।

सबैभन्दा धेरै अमेरिकामा १४ लाख ४२ हजार ८ सय १९ जना संक्रमित भएका छन् भने ८७ हजार ५ सय ३० जनाको मृत्यु भएको छ ।
त्यस्तै रसियामा २ लाख ६२ हजार ८ सय ४३ जना संक्रमित भएका छन् भने २ हजार ४ सय १८ जनाको मृत्यु भएको छ ।
बेलायतमा २ लाख ३८ हजार संक्रमित छन् भने मृतक संख्या ३४ हजार ७८ रहेको छ । स्पेनमा २ लाख ३० हजार १ सय ८३ संक्रमित छन् भने २७ हजार ४ सय ५९ जनाको मृत्यु भएको छ ।

इटलीमा संक्रमितको संख्या २ लाख २३ हजार पुगेको छ र मृतक संख्या ३१ हजार ६ सय १० पुगेको छ । ब्राजिलमा २ लाख १८ हजार २ सय २३ जना संक्रमित भएका छन् र १४ हजार ८ सय १७ जनाको मृत्यु भएको छ । फ्रान्समा १ लाख ७९ हजार ६ सय ३० जना संक्रमित भएका छन् र २७ हजार ५ सय ३२ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७, ३ जेष्ठ शनिबार  १२ : २१ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना