२०८३, २० आश्विन बुधबार

धुलिखेल-४ मा ‘काममा आधारित माम’ वितरण सुरू

धुलिखेल-४ मा ‘काममा आधारित माम’ वितरण सुरू


धुलिखेल, २ जेठः धुलिखेल नगरपालिका वडा न ४ ले काममा आधारित राहत वितरण गरेको छ । वडाले लकडाउनका कारण समस्यामा परेका मजदुर, बिपन्न बर्गलाई काम गरे बापत राहत उपलब्ध गराएको हो । आज पहिलो चरणमा ५२ जनालाई काम पछिको राहत वितरण गरेको वडाध्यक्ष रविन्द्र कर्माचार्यले जानकारी दिए ।

वडाले दुई/दुई दिन काम दिएको थियो । सडक सफा, मर्मत र झाडी सरसफाई गरे बापत दैनिक साढे सात सयका दरले दैनिक आवश्यक पर्ने खाद्यान्न उपलब्ध गराएको वडाध्य कर्माचार्यले बताए । यसरी काम गर्नेहरुमा कोठामा बस्ने देखि स्थानीयसम्म छन् ।

कतिपयले दुई दिन काम गरेर एक बोरा चामल लगेका छन् । कतिपयले चिनी, दाल, नुन, तेल लगाएतको खाद्यान्न लगेका छन् । यसअघि वडाले ४ सय ५१ जनालाई वितरण गरेको थियो । ‘काममा आधारित राहत उपलब्ध गराउन थालेपछि राहत लिन आउनेको संख्या उल्लेखिय मात्रमा घटेको छ, वडाध्यक्ष कर्माचार्यले ‘कामपछि राहत उपलब्ध गराउँदा ब्यवस्थापन गर्न समेत निकै सजिलो भएको छ ।’

वडाध्यक्ष कर्माचार्यको नेतृत्वमा वडाबासीबाट संकलन गरेको राहत काममा रुपान्तरण गरिएको हो । ‘यो राहत वडा र नगरपालिकाले दिएको होइन्, उनले भने ‘वडाभित्रकै केहि मनकारी ब्यक्तिहरुले दिएको सहयोग काममा रुपान्तरण गरेर माम उपलब्ध गराएका हौँ ।’

दोस्रो चरणका लागि समेत निवेदन आह्वान गरेको वडाध्यक्ष कर्मचार्यले बताए । काम गर्न चाहानेले आफुलाई सम्पर्क गर्न सक्ने उनले बताए ।

प्रकाशित मिति : २०७७, २ जेष्ठ शुक्रबार  ५ : ४४ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको