२०८३, २९ भाद्र मंगलबार

भर्ना शुल्क सहित वैशाख र जेष्ठ महिनाको शुल्क नलिन ने.वि. संघ काभ्रेको आग्रह

भर्ना शुल्क सहित वैशाख र जेष्ठ महिनाको शुल्क नलिन ने.वि. संघ काभ्रेको आग्रह


काभ्रे: नेपाल विद्यार्थी संघ काभ्रेले सामुदायिक तथा संस्थागत विद्यालयलाई भर्ना शुल्क नलिन, पोशाक र पुस्तकको पब्लिकेशन नफेर्न ध्यानाकर्षण गराएको छ । संघले वैशाख र जेष्ठ महिनाको शुल्क समेत नलिन आग्रह गरेको छ ।

ने.वि. संघ काभ्रेका सभापति नृपेश बादेद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा यतिबेला सिंगो विश्व कोभिड–१९ सँग लडिरहेको सन्दर्भमा कोभिड–१९ कै कारण यतिवेला सबै विद्यालय बन्द रहेको तथा विद्यार्थीहरु पनि घरभित्रको सानो परिधिमा खुम्चिएका, उद्योगधन्दा, कल–कारखाना व्यापार व्यवसायसमेत ठप्प हुँदा अधिकांशको आयश्रोत न्यून भएको, कतिपयको रोजगारीसमेत गुमेको अवस्थामा अभिभावकसँग वैशाख र जेष्ठ महिनाको शुल्क नलिन आग्रह गरिएको छ ।

१३ वटै स्थानीय निकायका प्रमुख एवं अध्यक्ष, शिक्षा विकास तथा समन्वय इकाई, काभ्रेपलाञ्चोक, नेपाल शिक्षक महासंघ, काभ्रेपलाञ्चोक, निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन काभ्रेपलाञ्चोक, राष्ट्रिय निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन काभ्रेपलाञ्चोक, हिसानकाभ्रेपलाञ्चोक, हिस्टान, काभ्रेपलाञ्चोक, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ, काभ्रेपलाञ्चोकलगायतको समेत ध्यानाकर्षण गर्दै समन्वयका लागि संघको आग्रह छ ।

नेपाल सरकारसमेत यतिबेला इतिहास कै निरिह सरकार बनेर टुलु–टुलु हेरेर बसेकाआरोप लगाउँदै ने.वि. संघले यस्तो परिवेशनमा अभिभावक र विद्यार्थीहरुलाई मार परेको छ भने भावी दिनमा आर्थिक संकट आइलाग्ने पक्कापक्की भएको भन्दै यस्तो अवस्थामा नेपाल विद्यार्थी संघ जिल्लाका सामुदायिक, संस्थागत विद्यालयका प्रधानाध्यापक, वि.व्य.स अध्यक्ष, संस्थापक एवं प्रिन्सिपलहरुसँग वार्षिक शुल्कसहित वैशाख र जेष्ठ महिनाको शुल्क मिनाह गर्न, अनलाईन कक्षाको नाममा कुनै शुल्क नलिन, अन्य देशका पब्लिकेशनको पुस्तक पाठ्य सामग्रीको रुपमा प्रयोग नगर्नुहुन एवं पब्लिकेशनले दिने पुस्तक छुट शुल्कको १५ % रकम अभिभावकलाई दिलाउन र पोशाक परिवर्तन एवं पुस्तकका पब्लिकेशन परिवर्तन नगराउन जारी ध्यानाकर्षण पत्रमा उल्लेख गरको छ ।

प्रकाशित मिति : २०७७, २ जेष्ठ शुक्रबार  ८ : ०३ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक