२०८३, ३० श्रावण आईतबार

भारतमा कोरोना संक्रमित ७० हजार नाघे

भारतमा कोरोना संक्रमित ७० हजार नाघे


काठमाडौं, ३० वैशाखः  भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या ७० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भायरसको कारण संक्रमित हुनेको संख्या ७० हजार सात सय ५६ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन हजार ६ सय नयाँ संक्रमित फेला परेका हुन् । त्यस्तै भारतमा कोरानो भाइरसको कारण मृत्यु हुनेको संख्या पनि दुई हजार दुई सय ९३ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ८७ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म सबैभन्दा बढी २३ हजार चार सय एक जना संक्रमित पुगेका छन् भने यो राज्यमा अहिलेसम्म आठ सय ६८ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । गुजरातमा अहिलेसम्म आठ हजार पाँच सय ४१ जना संक्रमित फेला परेका छन् । गुजरातमा यो भाइरसबाट मृत्यु हुनेको संख्या पाँच सय १३ पुगेको छ ।

मध्यप्रदेशमा अहिलेसम तीन हजार सात सय ८५ जना संक्रमित हुँदा दुई सय २१ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै पश्चिम बंगालमा अहिलेसम्म दुई हजार ६३ जना संक्रमित भइसकेका छन् भने एक सय ९० जना मानिसको मृत्यु भइसकेको छ । उत्तर प्रदेशमा अहिलेसम्म तीन हजार पाँच सय ७३ जना संक्रमित भेटिँदा ८० जनाको मृत्यु भएको छ । बिहारमा अहिलेसम्म सात सय ४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म भारतमा २२ हजार चार सय ५५ संक्रमित निको भएर फर्किसकेका छन् ।

प्रकाशित मिति : २०७७, ३० बैशाख मंगलबार  ११ : ५३ बजे

एमालेको रूपान्तरण बहसमा ओलीको कडा असन्तुष्टि, ‘हुल्याहाहरूको हुलदङ्गा’ भन्दै चेतावनी

इलाम । नेकपा एमालेभित्र नेतृत्व र संगठन पुनर्गठनको बहस चर्किरहेका

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका