२०८३, ७ कार्तिक शनिबार

धुलिखेल नगरपालिकालाई एक्शन एडद्वारा स्वास्थ्य सामग्री सहयोग

धुलिखेल नगरपालिकालाई एक्शन एडद्वारा स्वास्थ्य सामग्री सहयोग


धुलिखेल, २९ बैशाखः एक्शन एड नेपालले धुलिखेल नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । सोमबार एक्शन एडले स्वास्थ्य सामग्री मेयर अशोक कुमार ब्याञ्जुलाई हस्तान्तरण गरेको हो ।

एक्शन एडले ६ सय थान सर्जिकल मास्क, इन्फ्रा रेड थर्मामिटर ६ थान, पूरा सामाग्री सहितको पीपीई ३० सेट हस्तान्तरण गरेको छ । त्यस्तै गाउन ३० सेट, ह्याण्ड वास ३० सेट, के एन ९५ मास्क ३० थान सहित ३ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको नगरपालिकाका स्वास्थ्य संयोजक सन्दिप केसीले जानकारी दिए ।

सामग्री हस्तान्तणका लागि एक्शन एडका महेश बडाल नगरपालिकामा पुगेका थिए । सहयोग प्राप्त स्वास्थ्य सामग्री नगरपालिकाभित्रका स्वास्थ्य संस्था, सञ्जीवनी माध्यामिक विद्यालयमा रहेको क्वारेन्टाइन र धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रको ल्याबका कर्मचारीका लागि प्रयोग गरिने स्वास्थ्य संयोजक केसीले जानकारी दिए ।

यसैबीच  धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रमा सोमबार थप २ जना पुरुषको आरडिटी विधि मार्फत कोरोना भाइरस परीक्षण गरिएको छ । स्वास्थ्य केन्द्रमा हालसम्म ६८ जनाको आरडिटी परीक्षण गरिएको र ती सबैमा कोरोना भाइरस नेगेटिभ रहेको स्वास्थ्य संयोजक केसीले जानकारी दिए ।

प्रकाशित मिति : २०७७, २९ बैशाख सोमबार  ७ : ५५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना