२०८३, १२ कार्तिक बिहीबार

काभ्रेका स्थानीय तहले पुर्याए दीर्घ रोगीलाई घर-घरमै औषधी

काभ्रेका स्थानीय तहले पुर्याए दीर्घ रोगीलाई घर-घरमै औषधी


धुलिखेल, २९ बैशाखः नियमित औषधि सेवन गर्ने दिर्घरोगीहरु निकै समस्यामा परेको भन्दै काभ्रे जिल्लाका स्थानीय तहरुले घर–घरमै औषधि पुर्याउने ब्यवस्था मिलाएका छन् । तेमाल गाउँपालिकाले घर–घरमै पुगेर स्वास्थ्य जाँच गर्नुका साथै औषधि वितरण गरिरहेको छ ।

भुम्लु गाउँपालिकाले भने वडागत रुपमा दीर्घरोगीहरुको तथ्यांक निकाल्न सुरु गरेको छ भने क्यान्सर, मृटु रोग जस्ता रोगीहरुका लागी निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । जिल्लाको खानीखोला गाउँपालिकाले दीर्घरोगीहरुको लागि घर–घरमा नै औषधी पु¥याइरहेको छ । बेथान्चोक गाउँपालिकाले पनि दिर्घरोगीहरुका लागि औषधी व्यवस्थापन गरेको छ ।

मण्डनदेउपुर नगरपालिकाले औषधी ल्याइदिनुका साथै दीर्घरोगीहरुका लागी गाडीको व्यवस्था गरेको पालिकाका प्रवक्ता डिल्ली प्रसाद आचार्यले जानकारी दिए । नमोबुद्ध नगरपालिकामा ३३ जना र धुलिखेल नगरपालिकामा १५० जना दीर्घरोगी छन् ।

औषधि सकिएका दीर्घरोगीहरुलाई औषधि किनेर घरसम्म पुर्याउने काम गरेको नमोबुद्ध नगरपालिकाका प्रवक्ता सञ्जिव ढकालले बताए । पनौती र पाँचखाल नगरपालिकाले पनि दीर्घरोगीहरुले नियमित सेवनगर्ने औषधीको अभाव हुन दिएका छैनन् ।

बनेपा नगरपालिकाले भने मेडिकलको संख्या धेरै भएकाले घर–घरमा औषधि पुर्याउन जानुपर्ने अवस्था नरहेको बताएको छ ।

प्रकाशित मिति : २०७७, २९ बैशाख सोमबार  ५ : ५९ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता