२०८३, ९ भाद्र बुधबार

काभ्रेमा क्वारेन्टाइन बेड संख्या थपिने

काभ्रेमा क्वारेन्टाइन बेड संख्या थपिने


धुलिखेल, २७ बैशाखः काभ्रेमा कोरोना भाइरस नियन्त्रण गर्न क्वारेन्टाइन संख्या बढाइने भएको छ । जिल्ला संकट ब्यवस्थापन केन्द्र (सिएमसी) को आज बसेको बैठकले क्वारेन्टाइन संख्या बढाउने निर्णय गरेको हो । जिल्ला कमाण्ड पोष्टका अनुसार हाल जिल्लामा ३ सय ४२ वेडको क्वारेन्टाइन तयारी अवस्थामा छन् । यी क्वारेन्टाइन अहिले खाली छन् ।

तर संकट ब्यवस्थापन केन्द्रले भने क्वारेन्टाइन थप गर्ने निर्णय गरेको छ । धुलिखेल, पाँचखाल, भकुण्डे, बनेपा र पनौती नगरपालिकामा क्वारेन्टाइन थप्ने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं कमाण्ड पोष्टका सदस्य सचिव डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए । हाल भइरहेकै कतिपय ठाउँमा बेड थपिने छ ।

सिएमसीले कोरोना भाइरस परिक्षणका लागि जिल्लामा पिसिआर र आरडिटी किट अभाव हुन लागेको भन्दै तत्काल उपलब्ध गराउन माग समेत गरेको छ । सिएमसीले धुलिखेलका होटल देखि साँगामा रहेको नेपाल प्रहरीको होस्टेल समेत क्वारेन्टाइनका लागि राख्ने योजना बनाएको छ । त्यस्तै बनेपाको पोलिटेक्निकल विद्यालयमा समेत क्वारेन्टाइनका लागि तयारी अवस्थामा राख्ने गरि योजना अघि बढेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं कमाण्ड पोष्टका सदस्य सचिव डाक्टर नरेन्द्र कुमार झाका अनुसार आतकालिन अवस्था आइहाल्यो भने धुलिखेलका होटल र काठमाण्डौ विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सेज विभागको होस्टेलमा क्वारेन्टाइनको लागि प्रयोगमा ल्याउने गरि तयारी भइरहेको छ ।

प्रकाशित मिति : २०७७, २७ बैशाख शनिबार  ७ : २२ बजे

रसुवाको भोटेकोशीमा एक्कासि ठूलो बाढी, पाँच जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि ठूलो बाढी

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना न्यून छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

ब्यारोन ट्रम्पलाई मार्न १ करोड डलरको इनाम घोषणा? इरानी सरकारी टेलिभिजनको भिडियोपछि अमेरिका सतर्क

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा ब्यारोन ट्रम्पलाई

आजको विदेशी मुद्राको विनिमयदर : डलर १५२.३७, पाउन्ड २०८.६७ र युरो १७८.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

संसदमा आज बालेनको परीक्षा : सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाह

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक प्रधानमन्त्री बालेन्द्र शाहका लागि महत्वपूर्ण