२०८३, १२ कार्तिक बिहीबार

काभ्रेमा क्वारेन्टाइन बेड संख्या थपिने

काभ्रेमा क्वारेन्टाइन बेड संख्या थपिने


धुलिखेल, २७ बैशाखः काभ्रेमा कोरोना भाइरस नियन्त्रण गर्न क्वारेन्टाइन संख्या बढाइने भएको छ । जिल्ला संकट ब्यवस्थापन केन्द्र (सिएमसी) को आज बसेको बैठकले क्वारेन्टाइन संख्या बढाउने निर्णय गरेको हो । जिल्ला कमाण्ड पोष्टका अनुसार हाल जिल्लामा ३ सय ४२ वेडको क्वारेन्टाइन तयारी अवस्थामा छन् । यी क्वारेन्टाइन अहिले खाली छन् ।

तर संकट ब्यवस्थापन केन्द्रले भने क्वारेन्टाइन थप गर्ने निर्णय गरेको छ । धुलिखेल, पाँचखाल, भकुण्डे, बनेपा र पनौती नगरपालिकामा क्वारेन्टाइन थप्ने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं कमाण्ड पोष्टका सदस्य सचिव डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए । हाल भइरहेकै कतिपय ठाउँमा बेड थपिने छ ।

सिएमसीले कोरोना भाइरस परिक्षणका लागि जिल्लामा पिसिआर र आरडिटी किट अभाव हुन लागेको भन्दै तत्काल उपलब्ध गराउन माग समेत गरेको छ । सिएमसीले धुलिखेलका होटल देखि साँगामा रहेको नेपाल प्रहरीको होस्टेल समेत क्वारेन्टाइनका लागि राख्ने योजना बनाएको छ । त्यस्तै बनेपाको पोलिटेक्निकल विद्यालयमा समेत क्वारेन्टाइनका लागि तयारी अवस्थामा राख्ने गरि योजना अघि बढेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं कमाण्ड पोष्टका सदस्य सचिव डाक्टर नरेन्द्र कुमार झाका अनुसार आतकालिन अवस्था आइहाल्यो भने धुलिखेलका होटल र काठमाण्डौ विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सेज विभागको होस्टेलमा क्वारेन्टाइनको लागि प्रयोगमा ल्याउने गरि तयारी भइरहेको छ ।

प्रकाशित मिति : २०७७, २७ बैशाख शनिबार  ७ : २२ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता