२०८३, ९ श्रावण आईतबार

लकडाउन खोल्ने पाकिस्तानको निर्णय

लकडाउन खोल्ने पाकिस्तानको निर्णय


काठमाडौं, २५ वैशाखः पाकिस्तानले शनिबारदेखि लकडाउन खुला गर्ने निर्णय गरेको छ । मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा भएपनि आर्थिक क्षतिको सामना गर्न नसक्ने भन्दै लकडाउन खोल्ने निर्णय गरेको हो । बिहीबार पाकिस्तानका प्रधानमन्त्री इमरान खानले लकडाउनका कारण धेरै गरिब तथा श्रमिकहरु प्रभावित बनेको भन्दै लकडाउन खोल्न लागेको बताएका छन् ।

पाकिस्तानमा ठूलो संख्यामा गरिब तथा मजदुरहरु रहेकाले लकडाउन जारी राख्दा उनीहरुले दैनिक जीवनयापन गर्न नसक्ने प्रधानमन्त्री खानको भनाइ छ । उनले मुलुकमा कोरोना भाइरसको महामारी बढ्दो क्रममा रहेकोमा आफूहरु जानकार रहेको बताए । यद्यपि पाकिस्तानमा अपेक्षा गरिएअनुसार कोरोना भाइरसको संक्रमण भने नफैलिएको उनको भनाइ छ ।

पाँच सातादेखि लकडाउनमा रहेको पाकिस्तानमा अहिलेसमम कोरोना भाइरसका संक्रमितको संख्या २४ हजार ७३ पुगेको छ । साथै पाँच सय ६४ जनाको यो भाइरसको कारण मृत्यु भएको छ । बिहीबार पाकिस्तानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा पाकिस्तानमा एक हजार पाँच सय २३ नयाँ संक्रमित फेला परेका छन् । एक दिनमा फेला परेका नयाँ संक्रमितको यो संख्या पाकिस्तानको लागि अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

स्रोत : रोयटर्स

प्रकाशित मिति : २०७७, २५ बैशाख बिहीबार  ७ : १३ बजे

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक