२०८३, २० आश्विन बुधबार

काभ्रे प्रवेश गर्ने साँगा नाकामा चेकजाँच कडा

काभ्रे प्रवेश गर्ने साँगा नाकामा चेकजाँच कडा


धुलिखेल, २५ बैशाखः जिल्ला कमाण्ड पोष्ट काभ्रेले जिल्लासँग सिमाना जोडिएका सबै नाका शील गर्ने निर्णय गरेसँगै साँगा नाकामा थप कडाइ गरिएको छ । राजधानीबाट काभ्रे प्रवेश गर्ने मुख्य नाकामा सवारी साधनको चेकजाँचलाई कडाइ गरिएको हो ।

एम्बुलेन्स, पासलिएका टिपर, तरकारी, फलफूल र खाद्यान्न बोकेका सवारी साधनलाई मात्रै प्रवेश गर्न दिइएको इलाका प्रहरी कार्यालय बनेका प्रमुख योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । जिल्ला कमाण्ड पोष्टले बिहिबारदेखि सिन्धुपाल्चोक, ललितपुर, भक्तपुर, सिन्धुली, रामेछाप र मकवानपुर जिल्लासँग सबै नाकाबाट आवतजावत बन्द गर्न सबै स्थानीय तहलाई आग्रह गरेको थियो । सोहि अनुसार नाकाहरुमा कडाइ गरिएको कमाण्ड पोष्टका सदस्य सचिव एवं जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले बताए ।

कमाण्ड पोष्टले सिन्धुपाल्चोकसँग सिमाना जोडिएको मण्डनदेउपुर नगरपालिका, भुम्लु र चौरीदेउराली गाउँकाको नाका बन्द गर्न भनेको थियो । त्यस्तै भक्तपुरसँग जोडिएको बनेपा नगरपालिका, ललितपुरसँग जोडिएकोे खानीखोला र बेथानचोक गाउँपालिकाको पनि नाकाबाट आवतजावत गर्न रोक लगाइएको छ ।

रामेछापसँग सिमाना जोडिएको तेमाल र रोशी गाउँपालिकाको नाका पनि बन्द हुनेछ । सिन्धुली र मकवानपुरसँग नाका जोडिएको महाभारत गाउँपालिकाबाट पनि आवतजावत गर्न नपाइने निर्णयमा उल्लेख छ । कमाण्ड पोष्टले जिल्लाको १३ वटै स्थानीय तहको वडा र वस्तीस्तरसम्म निगरानी समूह गठन गरेर लकडाउनको प्रभावकारी कार्यान्वयन गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७७, २५ बैशाख बिहीबार  ३ : ३६ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको