२०८३, १२ कार्तिक बिहीबार

काभ्रे प्रवेश गर्ने साँगा नाकामा चेकजाँच कडा

काभ्रे प्रवेश गर्ने साँगा नाकामा चेकजाँच कडा


धुलिखेल, २५ बैशाखः जिल्ला कमाण्ड पोष्ट काभ्रेले जिल्लासँग सिमाना जोडिएका सबै नाका शील गर्ने निर्णय गरेसँगै साँगा नाकामा थप कडाइ गरिएको छ । राजधानीबाट काभ्रे प्रवेश गर्ने मुख्य नाकामा सवारी साधनको चेकजाँचलाई कडाइ गरिएको हो ।

एम्बुलेन्स, पासलिएका टिपर, तरकारी, फलफूल र खाद्यान्न बोकेका सवारी साधनलाई मात्रै प्रवेश गर्न दिइएको इलाका प्रहरी कार्यालय बनेका प्रमुख योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । जिल्ला कमाण्ड पोष्टले बिहिबारदेखि सिन्धुपाल्चोक, ललितपुर, भक्तपुर, सिन्धुली, रामेछाप र मकवानपुर जिल्लासँग सबै नाकाबाट आवतजावत बन्द गर्न सबै स्थानीय तहलाई आग्रह गरेको थियो । सोहि अनुसार नाकाहरुमा कडाइ गरिएको कमाण्ड पोष्टका सदस्य सचिव एवं जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले बताए ।

कमाण्ड पोष्टले सिन्धुपाल्चोकसँग सिमाना जोडिएको मण्डनदेउपुर नगरपालिका, भुम्लु र चौरीदेउराली गाउँकाको नाका बन्द गर्न भनेको थियो । त्यस्तै भक्तपुरसँग जोडिएको बनेपा नगरपालिका, ललितपुरसँग जोडिएकोे खानीखोला र बेथानचोक गाउँपालिकाको पनि नाकाबाट आवतजावत गर्न रोक लगाइएको छ ।

रामेछापसँग सिमाना जोडिएको तेमाल र रोशी गाउँपालिकाको नाका पनि बन्द हुनेछ । सिन्धुली र मकवानपुरसँग नाका जोडिएको महाभारत गाउँपालिकाबाट पनि आवतजावत गर्न नपाइने निर्णयमा उल्लेख छ । कमाण्ड पोष्टले जिल्लाको १३ वटै स्थानीय तहको वडा र वस्तीस्तरसम्म निगरानी समूह गठन गरेर लकडाउनको प्रभावकारी कार्यान्वयन गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७७, २५ बैशाख बिहीबार  ३ : ३६ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता