२०८३, ७ कार्तिक शनिबार

क्वारेन्टाइनमा लैजाँदै गर्दा बाटोमै वृद्धको मृत्यु, स्वाब परीक्षणका तयारी

क्वारेन्टाइनमा लैजाँदै गर्दा बाटोमै वृद्धको मृत्यु, स्वाब परीक्षणका तयारी


काठमाडौ २२ बैशाख भारतबाट फर्किएका बैतडीका एक वृद्धको क्वारेन्टाइनमा जाँदाजाँदै मृत्यु भएको छ । मृतकको थ्रोट स्वाब सङ्कलन गरी सोमबार परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको हो । रिपोर्टपछि मात्रै जुनेमा कोरोना भए/नभएको थाहा हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।

पुर्चौडी नगरपालिका–६ मनकालीका ६७ वर्षीय जुने लुहार एक महिनाअघि उपचारका लागि भारतको पिथौरागढ पुगेका थिए । लकडाउनका कारण लुहार पिथौरागढमै बसेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

स्वास्थ्य प्रमुख भट्टका अनुसार भारतीय सीमाना झुलाघाटबाट उद्धार गरेर ल्याइएका जुनेको शनिबार मृत्यु भएको थियो। लुहार यही वैशाख १८ गते भारतको पिथौरागढबाट झुलाघाट नाका हुँदै नेपाल आएका थिए। उनको शनिबार पुर्चौडी नगरपालिका–६ को क्वारेन्टाइनमा खडायत गाउँ नजिकै बाटोमा हिँड्दाहिँड्दै मृत्यु भएको थियो। जुने लामो समयदेखि दमका बिरामी थिए ।

प्रकाशित मिति : २०७७, २२ बैशाख सोमबार  ११ : ३५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना