२०८३, १० भाद्र बिहीबार

नगरपालिकाका अस्पताल र स्वास्थ्यचौकीबाट खोप सेवा शुरु

नगरपालिकाका अस्पताल र स्वास्थ्यचौकीबाट खोप सेवा शुरु


भक्तपुर २१ बैशाख विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणबाट रोक्न सरकारले लागू गरेको लकडाउनका कारण बन्द भएको नियमित खोप सेवा भक्तपुरका चारवटै नगरपालिका भित्रका स्वास्थ्य तथा उपस्वास्थ्य चौकीबाट शुरु भएको छ । बालबालिका जन्मेदेखि १५ महिनासम्म लगाइने खोप सेवा लकडाउनले गत चैत ११ गतेदेखि बन्द भए पनि जिल्लाका स्वास्थ्य तथा उपस्वास्थ्य चौकीमा पुनः सञ्चालन भएको हो ।

चाँगुनारायण नगरपालिकाका प्रशासकीय प्रमुख चिरञ्जीवी तिम्सेनाले आफ्नो नगरपालिकाभित्र रहेका सबै वडाका स्वास्थ्य तथा उपस्वास्थ्य चौकीमा खोप सेवा नियमितरूपमा शुरु गरेको जानकारी दिनुभयो । उहाँले खोप लगाउँदा भीडभाड नगरी सुरक्षाका सबै उपाय अवलम्बन गरेर निश्चित दूरी कायम गरेर सेवा सञ्चालन गर्न लगाएको जानकारी दिँदै आगामी असार महिनासम्मलाई पुग्ने सबै प्रकारका औषधिसमेत पठाइसकेको बताउनुभयोे ।

यता सूर्यविनायक नगरपालिकाका प्रशासकीय प्रमुख कमल ज्ञवालीले नगरपालिकाभित्र रहेका सबै स्वास्थ्य तथा उपस्वास्थ्य चौकीबाट सबै सुरक्षा अपनाएर खोप सेवा सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नगरभित्र रहेका १० वटै वडाका स्वास्थ्य तथा उपस्वास्थ्य चौकीमा ज्वरो नाप्न थर्मलगन, सबै स्वास्थ्यकर्मी तथा कर्मचारीका लागि पिपिइ ९सुरक्षा कवच०, मास्क, पञ्जा, असारसम्म पुग्ने औषधि पर्याप्त मात्रामा पठाएका छौँ, खोप सेवा मात्रै होइन स्वास्थ्य चौकीले दिने कुनै पनि सेवा रोकिएको छैन, सबै सञ्चालन गरेका छौँ ।”

सूर्यविनायक नगरपालिका अस्पताल र स्वास्थ्य तथा उपस्वास्थ्य चौकीले नियमितरूपमा दिने खोप, स्वास्थ्य परीक्षणलगायतका अन्य सेवा दिए÷नदिएको नियमित अनुगमन पनि गरिरहेको जानकारी दिँदै उहाँले सङ्कटको बेलामा सेवा नदिएको गुनासो आएमा तत्काल कारवाही गरिने बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले भक्तपुर अस्पताल र जिल्लाको चारवटै नगरपालिकाभित्रका अस्पताल एवं स्वास्थ्य संस्थाबाट नियमित खोप सेवा शुरु भएको जानकारी दिनुभयो । उहाँले केही वडामा रोकिएको दादुरा–रुवेलाको खोप पनि शुरु गर्ने तयारी भइरहेको बताउँदै जिल्लामा वार्षिक ३५ हजार बालबालिकाले खोप सेवा लिने गरेको जानकारी दिनुभयो ।

लामो समयसम्म नियमितरूपमा लगाइने खोप कार्यक्रम रोक्दा भविष्यमा अर्को स्वास्थ्य महामारी आउनसक्ने भन्दै स्वास्थ्य मन्त्रालयले देशभरिका स्थानीय तहमा खोपसेवा सञ्चालन गर्न आग्रह गरेको थियो । मन्त्रालयले खोप सञ्चालनको समयमा कम्तीमा तीनदेखि छ फिट दूरी कायम गर्ने, समयतालिका निर्धारण गरी टोलवासीलाई जानकारी दिने, समय–समयमा साबुनपानीले हात धुने, खोप सेवा लिन आउनेलाई पनि दूरी कायम गर्न लगाउनेजस्ता नियम बनाएको छ । जन्मेदेखि १५ महिनासम्म सरकारले १२ प्रकारको खोप निःशुल्क उपलब्ध गराइरहेको छ । वार्षिकरूपमा देशभरका छ लाख २० हजार बालबालिकाले खोप सेवा लिने गरेको मन्त्रालयको तथ्याङ्क छ । रासस

प्रकाशित मिति : २०७७, २१ बैशाख आईतबार  ११ : ३६ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री