२०८३, २३ आश्विन शनिबार

अनेरास्ववियुद्वारा ७६८ विद्यार्थी तथा मजदुरलाई राहत

अनेरास्ववियुद्वारा ७६८ विद्यार्थी तथा मजदुरलाई राहत


काठमाडौ २१ बैशाख :   नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भातृ सङ्गठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले लकडाउनका कारण छाक टार्न समस्या भएका ७६८ विद्यार्थी तथा मजदुरलाई राहत सामग्री वितरण गरेको छ ।

लकडाउन शुरु भएयता अनेरास्ववियु कैलालीले ७६८ जनालाई राहत वितरण गरेको हो । लकडाउनका कारण घर जान नपाएका सुदूरपश्चिमका विभिन्न जिल्लाका विद्यार्थी र मजदुरलाई छाक टार्न कठिनाइ भइरहेकाले राहत सामग्री वितरण गरिएको अनेरास्ववियुका केन्द्रीय सदस्य मनोज राईले बताउनुभयो । राहतस्वरुप विद्यार्थी तथा मजदुरलाई घरमै पुगेर चामल, दाल, नुन, तेल, साबुन, ब्रस, मञ्जन, सर्जिकल मास्कलगायत सामग्री वितरण गरिएको उहाँको भनाइ छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको पहलमा स्वकीय सचिव हितेश ओझामार्फत ३० क्विन्टल चामल, दाल, तेल, नुनलगायत सामग्री पनि विद्यार्थी तथा मजदुरलाई वितरण गरिएको जनाइएको छ । अनरास्ववियु कैलालीले अप्ठ्यारोमा परेका विद्यार्थी तथा मजदुरलाई सहयोग गर्ने क्रम जारी रहने जनाएको छ । रासस

प्रकाशित मिति : २०७७, २१ बैशाख आईतबार  ११ : २७ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य