२०८३, २१ आश्विन बिहीबार

उपाध्यक्ष मोक्तानले ब्यक्तिगत खर्चमा गरिन सुनौलो हजार दिनका महिलाहरुलाई अण्डा सहयोग

उपाध्यक्ष मोक्तानले ब्यक्तिगत खर्चमा गरिन सुनौलो हजार दिनका महिलाहरुलाई अण्डा सहयोग


धुलिखेल, १६ बैशाखः सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिकाका उपाध्यक्ष हेमगंगा मोक्तानले आफ्नै ब्यक्तिगत खर्चमा सुनौलो हजार दिनका महिलाहरुलाई अण्डा उपलब्ध गराएकी छन् । उपाध्यक्ष मोक्तानले सुनौलो हजार दिनका महिलाका लागि  ब्यक्तिगत खर्चमा एक/एक क्रेट कुखुराकाे अण्डा उपलब्ध गराएकी हुन् ।

लकडाउन लम्बिएसँगै बच्चा र आमामा पौष्टिक तत्वको कमी नहोस भन्नका लागि आफुले अण्डा सहयोग गरेको उपाध्यक्ष मोक्तानले बताइन । बच्चा आमाको गर्भमा रहेको दिनदेखि १ हजार दिन अर्थात बच्चा जन्मिएको २ बर्षसम्मका महिलाहरुलाई सुनौलो हजार दिनभित्रका आमा भनेर बुझिन्छ । ‘यो धेरै ठूलो सहयोग त होइन, उपाध्यक्ष मोक्तानले भनिन् ‘केहि समयका लागि पौष्टिक तत्वको मात्रा पुग्न मद्दत पुग्ने छ ।’

पालिकामा ७ वटा वडा छन् । त्यहाँ रहेका स्वास्थ्य संस्थाका तथ्याङ्क अनुसार हाल पालिकाभित्र ४ सय ४२ जना सुनौलो हजार दिनका महिला रहेका छन् । उपाध्यक्षबाट प्राप्त अण्डा वडा नम्बर १ बाट वितरण सुरु गरिएको पालिकाका स्वास्थ्य संयोजक राजु बस्नेतले जानकारी दिए । सम्बन्धीत वडामा रहेका स्वास्थ्य कार्यालय मार्फत आमाहरुले अण्डा पाउने छन् ।

स्वास्थ्य संयोजक बस्नेतका अनुसार पहिलो चरणमा २ सय २४ क्रेट अण्डा स्वास्थ्य शाखालाई उपाध्यक्ष मोक्तानले उपलब्ध गराइसकेकी छन् । ‘पालिकाभित्रका सुनौलो हजारदिनभित्रका आमाको विवरणलाई आधार मानेर अण्डा उपलब्ध गराउने उपाध्यक्ष ज्यूले भन्नु भएको छ, स्वास्थ्य संयोजक बस्नेतले भने ‘बढीमा एक साताभित्र सबै आमालाई उपाध्यक्ष मार्फत प्राप्त अण्डा उपलब्ध गराइसक्ने छाैँ ।’

प्रकाशित मिति : २०७७, १६ बैशाख मंगलबार  १ : ५७ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको