२०८३, १५ श्रावण शनिबार

कोरोना भाइरसः विश्वभरि मृत्यु हुनेको सङ्ख्या दुई लाख नाघ्यो, २८ लाख सङ्क्रमित

कोरोना भाइरसः विश्वभरि मृत्यु हुनेको सङ्ख्या दुई लाख नाघ्यो, २८ लाख सङ्क्रमित


विश्वभरि कोरोनाभाइरसबाट मृत्यु हुने मानिसहरूको सङ्ख्या दुई लाख नाघेको अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । विश्वभरि सङ्क्रमण पुष्टि भएका व्यक्तिहरूको सङ्ख्या २८ लाखभन्दा बढी रहेको उसको तथ्याङ्कमा उल्लेख छ।

संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसबाट मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या ५० हजार नाघेपछि विश्वभरिको पछिल्लो विवरण आएको हो ।अमेरिकामा कोरोनाभाइरसले विश्वका अरू मुलुकमा भन्दा धेरैको ज्यान लिएको छ।  चिनियाँ सरकारकी सञ्चारमाध्यममा अनुसार देशमा कोरोनाभाइरससँग सम्बन्धित पहिलो मृत्यु ज्यानुअरी ११ तारिखमा भएको थियो।

त्यसयता २१० भन्दा बढी देश तथा भूभागमा कोरोनाभाइरससँग सम्बन्धित मृत्युका घटना भएका छन्। पाँचवटा देशले कोरोनाभाइरसका कारण अहिलेसम्म आ-आफ्नो देशमा २० हजारभन्दा बढी व्यक्तिहरूको ज्यान गएको जनाएका छन्।

संयुक्त राज्य अमेरिका, इटली र स्पेनमा सबैभन्दा बढी मृत्युका घटना देखिएका छन्। ब्रिटेनको स्वास्थ्य मन्त्रालयले शनिवार घोषणा गरे अनुसार त्यहाँका अस्पतालहरूमा कोरोनाभाइरसबाट मृत्यु हुनेहरूको सङ्ख्या २० हजारभन्दा बढी छ।

गृहमन्त्री प्रिती पटेलले त्यो सङ्ख्यालाई “दुःखद र नराम्रो कोसेढुङ्गा” को सङ्ज्ञा दिएकी छन्। यूकेको दैनिक तथ्याङ्कमा घर र स्याहार केन्द्रमा हुने मृत्युका घटनालाई नसमेट्ने भएकोले कोरोनाभाइरसबाट मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या बढी हुने निश्चितप्रायः छ।

स्याहार केन्द्रमा हुने मृत्युलाई पनि समेट्ने गरेको फ्रान्सले शनिवार मृतकको सङ्ख्या ३६९ ले बढेको बताए। मार्च महिनाको शुरूयता फ्रान्समा कोरोनाभाइरसका कारण २२,६१४ जनाको ज्यान गइसकेको छ।

स्वास्थ्य अधिकारीहरूका अनुसार अस्पतालहरूमा मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या घट्दो क्रममा छ र अस्पतालका सघन उपचार कक्षमा भर्नाहरूको सङ्ख्या लगातार १७ औँ दिन घट्दो क्रममा देखिएको छ।

साभारः BBC Nepali Sewa

प्रकाशित मिति : २०७७, १४ बैशाख आईतबार  ९ : २२ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने