२०८३, २१ आश्विन बिहीबार

काभ्रेमा ६१ प्रतिशत मात्रै निजी आवास पुनःनिर्माण सम्पन्न (कुन पालिकामा कति बने घर ?)

काभ्रेमा ६१ प्रतिशत मात्रै निजी आवास पुनःनिर्माण सम्पन्न (कुन पालिकामा कति बने घर ?)


धुलिखेल, १२ बैशाखः बिनाकाशकारी भुकम्प गएको ५ वर्ष पुरा हुदाँ काभ्रे जिल्लामा जम्मा ६१ प्रतिशत मात्रै निजी आवास पुनःनिर्माण भएको छ । जिल्लामा २०७२ बैशाख १२ को भूकम्प र त्यसपछिका पराकम्पहरुले क्षति पुर्याएका ९८ हजार १९ घरधुरी सर्वेक्षण गरिएको थियो । त्यस मध्ये ८४ हजार ४ सय ८३ जना लाभग्राहिको नाम अनुदान पाउने सूचिमा सूचिकृत भएको थियो । जिल्लामा ७६ हजार ६ सय ८४ लाभग्राहिसँग पहिलो किस्ताको सम्झौता भएको थियो ।

१३ स्थानीयतहमा पुनःनिर्माणको तथ्याङ्क हेर्दा गाउँपालिकाको तुलनामा नगरपालिकाहरु निकै पछि देखिन्छन् । ६ वटानगरपालिका मध्ये मण्डनदेउपुर नगरपालिका बाहेक अन्य ६० प्रतिशत कटाउन सकेका छैन । ८ हजार ७ सय ३४ लाभग्राहि रहेको मण्डनदेउपुरमा ७३ प्रतिशतले घर बनाएका छन् । ६ हजार ५ सय ५७ लाभग्राहि रहेको बनेपा नगरपालिकामा जम्मा ५२ प्रतिशतले घर बनाएका छन् । ५ हजार ३ सय ९२ लाभग्राहि मध्ये धुलिखेल नगरपालिकामा ५० प्रतिशतले मात्रै घर बनाएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको अनुदान ब्यवस्थापन तथा पूर्वाधार कार्यालयले काभ्रेले जनाएको छ ।

त्यस्तै ९ हजार ४ सय ७९ जना पहिलो किस्ताको सम्झौता गरेका पनौती नगरपालिकाका जम्मा ५३ प्रतिशतमात्रै घर निर्माण पुरा भएको छ । त्यस्तै ९ हजार २ सय ३४ जना लाभग्राहिले पहिलो किस्ता सम्झौता गरेका पाँचखाल नगरपालिकामा ६२ प्रतिशत नागरिकले घर निर्माण गरेका छन् । त्यसैगरी नमोबुद्ध नगरपालिकामा पहिलो किस्ता सम्झौता गरेका ६ हजार ७ सय ३४ लाभग्राही मध्ये जम्मा ४९ प्रतिशत मात्रै घर निर्माण भएका छन् ।

७ वटा गाउँपालिका मध्ये महाभारत र भुम्लु गाउँपालिका निजी आवास निर्माणमा निकै अघि देखिएका छन् । ५ हजार ९ सय ११ लाभग्राहिसँग पहिलो किस्ताको सम्झौता भएको भुम्लुमा ७९ प्रतिशत घर निर्माण पुरा गराएको छ । त्यस्तै २ हजार ९ सय लाभग्राहिसँग सम्झौता भएको महाभारत गाउँपालिकामा पनि ७९ प्रतिशत नै घर निर्माण पुरा भएको छ ।

३ हजार ९ सय ९८ लाभग्राहिसँग सम्भौता भएको बेथानचोक गाउँपालिकामा जम्मा ५९ प्रतिशत घर निर्माण पुरा भएको छ । त्यस्तै रोशी गाउँपालिकामा ५ हजार ८ सय १२ जनासँग पहिलो किस्ता सम्झौता भएपनि ५९ प्रतिशतले मात्रै घर निर्माण गरेका छन् । चौरी देउराली गाउँपालिकाका ५ हजार ९ सय ११ जनासँग पहिलो किस्तो सम्झौ भएकोमा ६४ प्रतिशतले मात्रै घर बनाएका छन् । जिल्लाको तेमाल गाउँपालिकामा ४ हजार ३ सय ५० जना लाभग्राहिसँग सम्झौता भएकोमा ६२ प्रतिशत भूकम्पप्रभावितले मात्रै घर निर्माण गरेका छन् ।

१ सय ३५ वटा वडा कार्यालय रहेको जिल्लामा १ सय २० जनाइन्जिनियर, ६५ जना सबइन्जिनियर र ६७ जन असिस्टेन सब इन्जिनियर खटिएका थिए ।

२०७२ साल बैशाख १२ को भुकम्पमा जिल्लाभर ३७२ ले ज्यान गुमाएका थिए । महिला १३०, पुरुष ८०, बालक ४९, बालिका ५९ ले ज्यान गुमाएका हुन् । भुकम्पमा १४ हजार ८ सय ४३ जना घाईते भएका थिए । ३ सय १७ वटा सामुदायिक विद्यालय पूर्ण क्षति भएका थिए । भुकम्पले जिल्लाका ६७ वटा मन्दिर पूर्ण रुपमा भत्किएका थिए । त्यस्तै ४८ वटा सामुदायिक भव, ३१ वटा सरकारी भवनमा पुर्ण क्षति पुगेको थियो ।

जिल्लामा ८१ वटा स्वास्थ्य संस्था, ३७ वटा लघु जलविद्यूत र २५ वटा गुम्बामा क्षति पुगेको थियो । त्यसैगरी ७ वटा सहकारी भवन, ३ वटा रेडक्रस भवन र १ वटा दुध चिस्यान केन्द्रमा क्षति पुगेको वितरणमा उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति : २०७७, १२ बैशाख शुक्रबार  २ : २८ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको